जापानमा हिंसात्मक हमलामा प्रहरीसहित दुईको मृत्यु

जापानमा विरलै मानिने हिंसात्मक आक्रमणमा मङ्गलबार एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको जापानी प्रहरीले जनाएको छ ।
एक जना आक्रमणकारीले प्रहरी अधिकारीलाई चक्कु प्रहार गरी उनको बन्दूक खोसेर भागेको थियो । अर्को स्थानमा रहेको निम्न माध्यमिक विद्यालयका एक सुरक्षा गार्डलाई गोली हानेका विद्यालयको गेटमा आक्रमण गरिएको जापानी प्रहरीका प्रवक्ताले फ्रान्सेली समाचार संस्था एएफपीलाई बताउनुभयो । गोली लागेका ६८ वर्षीय सुरक्षा गार्डको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ ।
चक्कु प्रहारबाट घाइते प्रहरी ४६ वर्षीय केनिची इनाइजुमीको पनि उपचारका क्रममा अस्पतालमा मृत्युभएको अस्पताल स्रोतले पुष्टि गरेको छ । करिब ४०० विद्याथीृ रहेको उक्त विद्यालयका सुरक्षा गार्डलाई गरिएको आक्रमणपछि सम्पूर्ण विद्यार्थीलाई केही समयसम्म विद्यालयको एउटा पराकिलो कोठामा लगेर राखिएको थियो ।
आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयासमा चलाएको गोली पेटमा लाग्दा गम्भीर घाइते भएको बताइएको छ ।
घटनामा अन्य कोही घाइते नभएको प्रहरीले जनाएको छ ।
आक्रमणकारी २१ वर्षीय केइटा शिमाजु जापानको ‘ग्राउन्ड सेल्फ डिफेन्स फोर्स’का पूर्व सदस्य भएको बताइएको छ । शिमाजु सन् २०१५ मा जापानको पश्चिमी शहर कानाजावा शिविरबाट सेनामा भर्ती भएको यहाँको सरकारी टेलिभिजन च्यानल एनएचके ले जनाएको छ । तर राइफल चलाउने तालिमपश्चमत गत वर्षको मार्चमा उसले सैनिक जागिर छोडेको थियोे ।
जापान अन्य मुलुकको तुलनामा विरलै यस किसिमका हिंसात्मक घटना हुने मुलुक हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #जापानमा हिंसात्मक हमला
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्