Techie IT
बिहीबार, कात्तिक ४,२०७८

काभ्रेस्थलीमा रक्तदान कार्यक्रम सम्पन्न


तारकेश्वर काठमाडौ । तारकेश्वर काठमाडौमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

ओपन फुड बैक परिवार काभ्रेस्थली र नेपाल स्वयंसेवी रक्तदाता समाज तारकेस्वर नगर कमिटी को संयुक्त आयोजनामा कोरोना विशेष रक्तदान सम्पन्न भएको हो ।

कोरोना कहरको बाबजुत आयोजना गरिएको कार्यक्रमा ५३ जना पुरुष र १२ जना महिला गरि ६५ जनाले बढिले रक्तदान गरेका आयोजक अनिल भण्डारीले बताए ।

लकडाउनक कारण देशका विभिन्न अस्पतालहरुमा रगतको अभाव हुँदै गइ रहेको छ । यो कठिन परिस्थितिमा कुनै पनि बिरामीले रगतको अभाव झेल्न नपरोस भन्ने उदेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको स्थानिय समाजसेवी तथा आयोजक अनिल भण्डारीले बताए ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #काभ्रेस्थलीमा रक्तदान कार्यक्रम


तपाईको कमेन्ट लेख्नुहोस्