तौल बढे पनि घरमै छु : नम्रता

कोरोना भाइरसको संक्रमण रोकथामका लागि देश लकडाउन भएपछि आम सर्वसाधारणदेखि सेलिब्रेटीसम्म घरभित्रै दिन काट्न बाध्य छन् । कोरोनाको त्रासले अत्यावश्यक सेवाबाहेकका सबै काम बन्द भएपछि ज्यालादारी गरेर परिवार पाल्नेलाई बिहान बेलुका हातमुख जोर्नै समस्या भइरहेको अवस्थामा नेपाली सेलिब्रेटीहरुलाई भने मोटाउने चिन्ताले सताउन थालेको छ ।
तौल नबढोस् भनेर खानेकुरामा विशेष सावधानी अपनाउने र दैनिक जिम धाउने कलाकारहरु लकडाउनको समयमा परिवारसँग बसेर मिठा परिकार बनाएर खाइरहेका छन् । तर, जिममा गएर पसिना बगाउन पाएका छैनन् । जसकारण, उनीहरुको तौल बढिरहेको छ । घरमै दैनिक केही समय व्ययाम गर्ने गरेता पनि तौल नघटेपछि विशेषगरि अभिनेत्रीहरु चिन्तित हुन थालेका छन् ।
अभिनेत्री नम्रता सापकोटा लकडाउनमा घरभित्रै बस्दा तीन केजी मोटाइसकेकी छन् । लकडाउन हुनुभन्दा अगाडिसम्म उनी फिल्म ‘डेसान’ को छायांकनमा व्यस्त थिइन् । कोरोनाको त्रासले फिल्मको छायांकन रोकिएपछि उनी घरभित्रै कैद छिन् । घरमा पाक्ने खानेकुराले आफू लकडाउनको तीन हप्तामा तीन केजी मोटाएको उनले इन्स्टाग्राममार्फत् जानकारी दिएकी छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नम्रता सापकोटा
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्