Techie IT
बिहीबार, मंसीर ११,२०७७

चलचित्र हिट म्यानमा मिरा कार्कीको सुमधुर आवाज रहेको कसम तिम्रै गित सार्बजनिक


बिष्णु कार्की

काठमाडौ । नेपाली चलचित्रका चर्चीत नायक बिराज भट्टद्दारा अभिनित चलचित्र हिट म्यान प्रर्दशनीको तयारीमा रहेको छ । याक्सन किङ्गको नामले समेत दर्शक माझ चिनियका भट्ट अभिनित सो चलचित्रको निर्देशन तथा प्रस्तुती सुदन धितालले गरेका छन ।

सो चलचित्रमा बिराज संगै नायिका भुमिका के.सी, अशोक फुँयाल , अभिनयका बादशाह मुरलीधरको पनि शसक्तm अभिनय रहेको छ । जसका कारण चलचित्र फरकं धारको रहेको निर्देशक सुदन धिताल बताउछन ।

यसै चलचित्र मार्फत नेपाली सुगम संगीतमा ख्याती प्राप्त गाईका मिरा कार्कीले बुलन्द आवाज दिएकी छिन । नेपाली सागेंतिक आकाशमा गाईका कार्कीको बहार ,यो छोरीले, पाकिस्तानी गित हम हे नेक इन्सान, झिलिमिली काठमाडौ शहर ,नेपालकी छोरी लगायत दर्जनौ गितमा आफ्नो सुमधुर आवाज दिइसकेकी छिन ।

चलचित्र हिट म्यानका लागि यो गितमा मिरा कार्कीको स्वर संगै बिवि अनुरागीको स्वर , संगीत र संगीत संयोजन रहेको छ भने सुमन श्राफितको शब्द ,रामकृष्ण चौलागाँइको छायांकन ,प्रवल प्रधानको सम्पादन , सुरेश पाण्डेको नृत्य निर्देशन रहेको छ भने अन्य कलाकारमा मोहन घिमिरे, दिनेश राज के.सी , उषा कार्की , अस्मिता लामा लगायतका जोडदार अभिनय रहेको छ ।

हेर्नुहोस रमाइलो भिडीयो


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #मिरा कार्की, #हिट म्यान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545