Techie IT
बिहीबार, असार २५,२०७७

एलिनाको यो मन भित्र गिति एल्वम सार्वजनिक


काठमाडौ। एलिनाको यो मन भित्र सार्वजनिक भएको छ ।  फरक शैलिको गित लेखन र संगित गर्न पोख्त युवा लेखक तथा संगितकार ईरिक गिरीको शब्द संगित रहेको यो एल्वम सार्वजनिक भएको हो ।

विदेशमा रहेर पनि नेपाली गित संगितलाई माया गर्ने संगितकार ईरिक गिरी यो गित बाट निक्कै आशाबादी रहेको उनी बताउँछन् । एलिना चौहानको एकल स्वर रहेको गितमा एलिना स्वंयमले अभिनय गरेकी छिन् भने एलिनाको मनभित्र नेपाल आईडियल बाट चर्चामा आएका गाएक कृषलको चित्र प्रस्तुत गरिएको छ ।

शुक्रबार इरिक गिरी युट्युव च्यानलमार्फत गितको भिडियो सार्वजनिक गरिएको हो । गिरी कै संगित तथा शब्द रहेको गितमा विद्यार्थी जीवनमा हुने प्रेम आकर्षणलाई केन्द्रित गरेर  भिडियो बनाइएको छ ।

मिठो गितको एरेन्ज भने देव लोहारको रहेको छ । एलिना र कृषललाई निर्देशक शक्ति प्रज्वल घिमिरेले विद्यार्थीको भूमिकामा प्रस्तुत गरेका छन् । सागर गौतमले छायांकन गरेको उक्त भिडियोलाई ह्वाईट मिडियाले निर्माण गरेको हो भने सम्पादन र कलर ग्रेडिङ् शक्ति प्रज्वल घिमिरेले नै गरेका हुन ।

 


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #यो मन भित्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545