Techie IT
शनिबार, मंसीर १३,२०७७

पोर्न स्टार सनी लियोनी काठमाडौँ आउँदै


फिल्म पासवर्डको प्रिमियरका लागि नेपाल आउन लागेको भन्दै सनी लियोनीले  भिडियो सन्देश पठाएकी छन्।

सन्देशमा भनिएको छ, ‘नमस्ते नेपाल। म सनी लियोनी। मैले अभिनय गरेको नेपाली फिचर फिल्म पासवर्डको प्रमोस्नल इभेन्ट र प्रिमियरमा सहभागी हुन म सेप्टेम्बर ११ मा नेपाल आउँदै छु।’

एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको यो फिल्मको ‘आजको साम…’ गीतमा यी अभिनेत्रीले निकै कामुक नृत्य प्रस्तुत गरेकी छन्।
यो गीतको भिडियो बनाउन ३ करोड खर्च भएको दावी निर्माण पक्षको छ।

फिल्मको प्रिमियर २५ भदौमा हुँदैछ। २७ भदौबाट मुलुकका सिनेमा हलमा फिल्म पासवर्ड लाग्दैछ।

यो खबर  राजधानी दैनिकले छापेको छ।


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #सनी लियोनी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545