सम्पादनमा क्रियाशिल शक्तिप्रद्धारा निर्देशित ‘तिम्रो खुसीमा’सार्वजनिक

काठमाडौं । एक दशकदेखि फिल्म तथा म्युजिक भिडियो छायांकन र सम्पादनमा क्रियाशिल शक्तिप्रज्वल घिमिरेद्धारा निर्देशित म्युजिक भिडियो ‘तिम्रो खुसीमा’सार्वजनिक भएको छ ।
खुसी इन्टरटेन्टमेन्ट प्रा.लि.द्धारा निर्मित म्युजिक भिडियोमा ऋचा थापा, सुदिप न्यौपाने, अस्मिता विक र मोहन आचार्यको अभिनय रहेको छ ।
ह्वाइट मिडिया प्रा.लि.द्धारा उत्पादित म्युजिक भिडियोमा एलिना चौहानको स्वर रहेको छ भने नृपेश उप्रेतीले शब्द र संगित दिएका छन् । ‘तिम्रो मायाले बाँधेर राख, मेरो सिरानी होस तिम्रो काख’ गितको कभर गाएर चार्चामा आएकी गायिका चौहानले ‘तिम्रो खुसीमा’ पनि उस्तै स्वर भरेकी छन् । म्युजिक भिडियोमा नायिका ऋचा थापाको अभिनय पनि दमदार रहेको छ । यहि म्युजिक भिडियोमा सुदिप न्यौपानेले डेब्यु समेत गरेका छन् ।
श्रव्य दृष्य सामाग्री निर्माण गर्दै आएको ह्वाइट मिडिया प्रा.लि.को सम्पूर्ण टिमको अथक परिश्रम र मेहनतले म्युजिक भिडियोलाई राम्रो भन्दा राम्रो बनाउने प्रयास गरिएको निर्देशक घिमिरे बताउँछन् । लेखक तथा संगितकार तथा खुसी इन्टरटेन्टमेन्टका सञ्चालक उप्रेती स्थापितहरुसँग ससम्मान सहकार्य गर्नुको साथै खुसीको मुख्य उद्देश्य भनेको नयाँ प्रतिभाहरुलाई अवसर दिनु नै रहेको बताउँछन् ।
अबको केही समयभित्र नै खुसी इन्टरटेन्टमेन्ट र ह्वाईट मिडियाको सहकार्य ज्यानमाया बजारमा आउने तयारीमा समेत रहेको छ । जसमा स्वर प्रमोद खरेलको रहेको छ भने शब्द संगित निरपेश उप्रेतीको नै रहेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #तिम्रो खुसीमा
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्