माईतीको सम्झनालाई समेटेको मार्मिक तीज गीत ‘हे मेरी आमा’ सार्वजनिक

काठमाडौं । चर्चित गायक तथा निर्देशक नारायण रायमाझीले तीजको मार्मिक गीत सार्वजनिक गरेका छन् । दर्शक-श्रोताहरुको रूचीसँगै नेपाली सांगीतिक बजारमा तीज गीतको बाढी नै चलिरहेको बेला नयाँ स्वादको मर्मिक गीत ‘हे मेरी आमा ‘ सार्वजनिक गरेका हुन् ।
दिनहुँ युट्युबमा तीजका गीतहरू अपलोड भईरहेका बेला तीज गीतको बाढी छिचोल्दै नेपाली चेलीहरुको कथा व्यथा समेटिएको मौलिक कथा झल्काउने मार्मिक गीत रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत सार्वजनिक भएको हो । महिलाका वेदना र माईतीको सम्झनालाई समेटेको अति मार्मिक गीतमा देवी घर्तीको स्वर रहेको छ ।
शब्द रचना रमेश बिजीको रहेको छ । लय संगीत नारायण रायमाझी र बिरही कान्छाको रहेको छ । एरेन्ज बि.बि. अनुरागीको रहेको गीतलाई छायांकन/सम्पादन/कलर मिराज अर्यालले गरेका छन् । परिकल्पना/निर्देशन नारायण रायमाझीको नै रहेको छ ।
अन्य कलाकारहरुमा अनुष्का अधीकारी,हिमाला गौतम,रमेश के.सी. मट्टारे अप्सरा अधिकारी, देबेन्द्र बब्लु, हरि अधिकारी, बिन्दु खड्का, सुमित्रा तामाड्, एलीना ठकुरी, सरु राई, सोनीका गज्मेर, बिपना के.सी., सन्देश रायमाझी रहेका छन् ।
नेपाली लोक गीत संगीतका सर्जक नारायण रायमाझीले यसअघि पनि धेरै नेपाली मौलिक लोक गीतहरु सार्वजनिक गरिसकेका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #हे मेरी आमा
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४राष्ट्रिय एकता
- ५आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्