सङ्गीत उत्पादक समाज नेपालको चौथो बार्षिक साधारण सभा

पुकार तिमलसिना
काठमाडौ ।सङ्गीत उत्पादक समाज नेपालको चौथो बार्षिक साधारण सभा काठमाडौमा सम्पन्न भएको छ ।
साधारण सभाले संस्थाको विधानमा केही महत्वपूर्ण संशोधन प्रस्तावहरु पारित गर्दे संस्थाको नाम समेत परिवर्तन गर्ने सर्बसम्मतीबाट निर्णय समेत गरेको छ ।
सङ्गीत तथा चलचित्र उत्पादक समाजको नाम बाट आगामी दिनहरुमा संस्थाका गतिविधिहरु संचालन हुनेछ ।

चलचित्र निर्माताहरु पनि यस समाजमा आवद्ध भईसकेका र चलचित्र निर्माता सङ्घको सिफारिसमा सो क्षेत्रको प्रतिनिधित्व हुनेगरी चलचित्र निर्माता छविराज ओझालाई कार्यसमिति सदस्यमा मनोनित गरिएको थियो ।
साधारण सभा समाजका अध्यक्ष निर्मलराज ढकालको सभापतित्व एवं सभासद खेम नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
सभासद नेपाली संसदमा रोयल्टीका बारेमा आवाज उठाउने एक मात्र सामसद हुन ।
चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले काम गर्ने सिलसिलामा सानातिना बिरोध बाधा आउनु स्वाभाविक भएको धारणा राख्दै सबै एक हुनुको विकल्प नरहेको बताए
सो समारोहमा सभासद खेम नेपालीले बौद्धिक सम्पति र रोयल्टीको बारेमा जस जसलाई कुरा बुझाउनुपर्ने हो, सो अझै पर्याप्त नभएकोले समस्या ज्युँका त्युँ रहेको धारणा राखेका थिए । सङ्गीत क्षेत्रलाई व्यवस्थित गर्ने हो भने ५० प्रतिशत बेरोजगारी समस्या हल हुने विचार समेत सभासद नेपालीले व्यक्त गरेका थिए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सङ्गीत उत्पादक समाज
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्