Techie IT
बिहीबार, मंसीर १८,२०७७

कटप्पा’ र ऐश्वर्या अमिताभ बच्चनकाे सहयाेगमा जोडी बन्दै


काठमाडाैँ । अभिनेता सत्यराज र विश्वसुन्दरी एवं अभिनेत्री ऐश्वर्या रायले मणिरत्नमले निर्देशन गर्ने फिल्म ‘पोन्निनी सेल्वम’ मा काम गर्ने भएका छन् । फिल्म ‘बाहुबली’ बाट निकै चर्चामा आएका अभिनेता सत्यराज र बलिउड अभिनेत्री ऐश्वर्या रायले फिल्ममा जोडी बाध्ने भएकका हुन् ।

अभिनेता सत्यराजले फिल्म ‘बाहुबली’मा कट्प्पाको भूमिका निभाएर निकै चर्चा कमाएका छन् ।  ‘पोन्निनी सेल्वम’ फिल्ममा अभिनेता सत्यराज र अभिनेत्री ऐश्वर्या रायले पतिपत्नीको भूमिका निभाउने बताइएको छ ।

एक चर्चित तमिल उपन्यासमा आधारित रहेर बन्ने यस फिल्ममा अमिताभ बच्चन पनि रहने सम्भावना रहेको बताइएको छ ।यस फिल्ममा राजकुमारीले राजासँग विवाह गरेर रानी बनेपछि शक्तिको चरम दुरूपयोग गरेको देखाइन्छ ।


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #कटप्पा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545