दीपक-दिपाले १० करोड लगानी गरेर खोले सिनेमा हल

काठमाडौँ । निर्देशक तथा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले सिनेमा हल सञ्चालनमा ल्याएका छन् ।
१० करोड लगानीमा नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण गरेको आइइनआइ सिनेमाज् आजबाट सञ्चालनमा आएको हो ।
शुक्रबार बिहान उद्योग वाणिज्य महासंघका चन्द्र ढकाल लगायत वरिष्ठ कलाकारहरुको उपस्थितिमा हलको उद्घाटन गरिएको हो । कार्यक्रममा अध्यक्ष ढकालले अभिनयमा रमाइरहेका व्यक्तिले हल सञ्चालन गर्नु निकै राम्रो कार्य भएको बताए ।
यस्तै, दीपकराज गिरीले आफूले सञ्चालनमा ल्याएको हलमा आजैबाट निर्माता र हल व्यवसायको शेयर बाँडफाँड ५०–५० प्रतिशत गर्ने बताए । अन्य हलले ४० प्रतिशत सेयर दिँदै आएकामा उनले पचास प्रतिशत निर्मातालाई दिने बताएका हुन् । उनले भने,’ यो हाम्रो पहिलो व्यवसाय हो । आफूले जानेको कुरामै लगानी गरौं भनेर हल खोलेका हौं । शो बाँडफाँडमा हामीले हस्तक्षेप गर्न त मिल्दैन । तर चलिरहेको नेपाली फिल्मलाई हटाउँदैनौ ।’
शुक्रबारदेखि नेपाली फिल्म ‘एक भागवत र एक गीता’ र ‘नांगो गाउँ’ प्रदर्शनसँगै हल सञ्चालनमा ल्याइएको हो । ४ सय सिट क्षमता रहेको उक्त हलमा दुइटा अडिटोरियम रहेको छ ।
हलमा हलिउड फिल्म ‘द नन २’ र बलिउड फिल्म ‘जवान’ पनि प्रदर्शन भइरहेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #दीपक-दिपा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्