प्रशंसा उप्रेतीले जितिन् फेश अफ ब्युटी इन्टरनेसनल नेपाल ताज

मिस ग्राण्ड नेपाल २०२३ को फाइनल प्रतिस्पर्धा भव्यता पूर्वका राजधानी शहरमा सम्पन्न भएको छ ।उक्त कार्यक्रम बाट प्रशंसा उप्रेतीले फेश अफ ब्युटी इन्टरनेसनल नेपाल को ताज आफ्नु पोल्टामा पर्न सफल भईन् , जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न सो प्रतियोगितामा ताज पहिरिन सफल भइन् । उपाधि विजेता भएसंगै उनले तोफिको साथै नगदको साथै ,पुरस्कार स्वरुप प्राप्त गरिन् ।
प्रतियोगितामा प्रशंसा उप्रेतीले फेश अफ ब्युटी इन्टरनेसनल नेपाल विजेताले नगद पुरस्कार, एक लाख बराबरको थान्का, नेपाली चलचित्रमा अभिनय गर्ने अवसरका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । आर.के. इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा संचालन भएको सो प्रतियोगितामा सेन्ट्रल फेसन हब कोटेश्वोर र कुपन्डोलका फेसन डिजाइनर, बिधार्थीहरुले फिनाले वार्डरोब र प्रिति शाक्यले ओपिनिङ्ग वार्डरोब तयार पारेका थिए ।
जस्मा डिजाइनर, सुभाषिनी सिंहको निर्देशन थियो । प्रतियोगिताको कोरियोग्राफी र संचालन संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका हुन् ।
प्रतियोगितामा विभिन्न प्रदेशगत विजेता अनुसार सुदुर पश्चिम प्रदेश अनुशा मदै, कर्णाली प्रदेश लक्ष्मी बुढा मगर, लुम्बिनी प्रदेश ब्रिटिना आले, बागमती प्रदेश सब्बु महर्जन, मधेश प्रदेश ज्योति गिरी, कोशी प्रदेश दृष्टि मगरलाई विजेता चयन गरिएको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्