खांदबारीमा लाखे नाच सम्पन्न (फोटोफिचर)

खांदबारी – नागपञ्चमीबाट सुरु भएको नेवार समुदायको लाखे नाच विधिवत रुपमा बिहीबार समापन भएको छ ।
हिजो खांदबारीमा लाखे नाचको अन्तिम दिनमा नेवा देय दबुले लाखे नाचको र नेवा संस्कृति जगेर्ना गर्ने उद्देश्यले खांदबारी नगरपालिका भित्रका लाखे समुहहरुको लाखे नाच प्रतियोगिता समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न जात जातिका नाचहरु पनि प्रदर्शन गरिएको थियो ।
कृष्ण र कंशको नाच देखाएपछि बिहीबारबाट एक वर्षका लागि लाखे नाच विधिवत रुपमा समापन हुन्छ । कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंशका रुपमा लाखेलाई मारेपछि लाखे नाच सकिने गर्दछ।
नागको पूजा गरेपछि नेवार समुदायले कृष्णअष्टमीको भोलीपल्टसम्म हरेक दिन बजार परिक्रम गर्दै लाखे नाच देखाउँछन् । लाखे नाचको अन्तिम दिन सदरमुकाम खाँदबारी र चैनपुरमा देखाईने कृष्ण लीला हेर्नेको भीड लाग्ने गर्दछ ।
क्याटेगोरी : पर्यटन, फोटो फिचर, मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #hot, #खादबारी, #खाँदबारी नगरपालिका, #खांदबारी युथ क्लब संखुवासभा, #नेवारी संस्कृति, #फोटो स्टेसन खाँदबारी, #लाखे नाच, #संखुवासभा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्