कोशीमा माछा मार्ने परिवारको कथा बोकेको द स्पोन्सर

देवेन्द्र अर्याल ‘आँसु’
भुईमान्छेको कथाव्यथा समेटिएको द स्पोन्सर निफ महोत्सवमा प्रदर्शन भएको छ । जसमा कोशीका किनारमा माछा मारेर जीवन गुजारा गर्ने गरिबीले आक्रान्त एउटा गुड्डी समुदायको कथा जीवन्त रुपमा उतारेका छन प्रणय लिम्बूले ।
यस कथाको मुख्य पात्र ९ वर्षकी कौशिकीको हो । जो अनाथ छे, ऊ आफ्नी हजुरआमा र काकाको सहारामा सप्तकोशी नदीको किनार निर्जन संसारमा जीवन बिताउन बाध्य भएकी छे । उनीहरुको परिवार नदीको माछा माथि निर्भर छ ।
चरम गरिबीले बास गरेको कौशिकीको संसारमा एकदिन एउटा गैरसरकारी संस्थाका प्रतिनिधि विकास पात्रको प्रवेश हुन्छ । गैरसरकारी संस्थाका प्रतिनिधि विकासका कारण बालिकाको जीवन र पारिवारिक सम्बन्धमा केही परिवर्तन, सोच र एकअर्थमा उथलपुथल नै ल्याइदिन्छ । यी गैरसहकारीका प्रतिनिधि कौशिकी लाई अमेरिकी स्पोन्सरले पठाएका चिठ्ठी र उपहारहरू ल्याइदिन्छन् र उनका सन्देश सुनाउने बाहक हुन्छन् ।
एकदिन आफू कौशिकीलाई भेट्ने पत्र पठाएका स्पोन्सरको अचानक हृदयाघातबाट निधन हुन्छ । स्पोन्सरको मृत्युपछि विकासमा देखिएको मानसिक तनाबले उनीहरुको सुन्दर घरसंसारलाई समेत प्रभाव पार्दै लगेको हुन्छ ।
द स्पोन्सर कौशिकीको पितातुल्य अमेरिकी स्पोन्सर सँग भेटने उत्कट चाहनाको अभिव्यक्ति हो, जसले उनलाई यो अभाव र गरिबीको संसारबाट मुक्त गरेर अमेरिका लैजाने वाचा गरेको हुन्छ । तर, गहिराइमा भने यस चलचित्रमा सहयोगका नाममा गरिबको भावना र त्यहाँको सामाजिक भाष्यमाथि खेलबाड गरिएको मात्र छैन जसमा गरिबी र जोखिममा रहेका कौशिकी जस्ताहरू लाई ‘प्याट्रोनाइज (संरक्षण)’ गर्ने गैर सरकारी संस्था र शहरी मध्यमवर्गीय सोच माथि चोटिलो व्यङ्ग्य प्रकार पनि गरिएको छ ।
चलचित्रको छायांकन जाडो, सुख्खा र वर्षा तिनै मौसममा गरिएको छ भने यस चलचित्रको पृष्ठभूमिमा सप्तकोशी नदी रहेको छ । विषयवस्तु छनौटमा मौलिकता, कथा वाचन र दृष्य भाषाको प्रस्तुतीमा नवीनता एवम् छायांकनमा मोलिएका जोखिम पक्कै पनि सह्रानीय छन् ।
कथा नदीतटमा माछा मारेर जीवन गुजारा गर्ने गुडी जातिको एउटा बालिकाको मनोविज्ञानलाई चित्रण गरिएको कथा हो । जसमा गैरसरकारी संस्थाका प्रतिनिधिको उदात्त भावना पनि भेट्टिन्छ । के सबै गैरसरकारी संस्थाका प्रतिनिधि विकास जस्तै हुन्छन् त भन्ने प्रश्न पनि यहाँ उठ्न सक्छ ।
कसरी गरिबीका बस्तीमा सहयोगका नाममा सान्ताक्लाज पुगेको छ भन्ने प्रश्न पनि यसले उठाएको छ । सबैभन्दा ठूलो विषय वस्तु त कोशीमा माछा घट्दै जानु रहेको छ ।
यसप्रति कसैको चिन्ता छैन र कसैले चिन्ता लिएको छैन भन्ने प्रश्नलाई परोक्षरुपमा उठाइएको छ । यो विश्वव्यापी संकट कोशीमा पनि व्याप्त रहेको कथामा लेखकले वातावरणीय दृष्टिले प्रस्तुत गरेको नवीन शैली हो ।
कोशी किनारमा आश्रित कौशिकीको परिवारको रुग्ण आर्थिक र सामाजिक अवस्थाका साथै कथामा पर्यावरणीय, सांस्कृतिक आदि पक्षलाई पनि सटिक दृष्टिमा उद्घाटन गर्न कथाकार सफल भएका छन् । ९ वर्षे कौशिकीको अभिनय जीवन्त छ ।
अन्त्यमा विकासका दम्पती नै कौशिकीका संरक्षक बन्छन् र कथानक अन्त्य हुन्छ । विषय वस्तु, प्रस्तुती र प्रयोगका हिसाबले यो नेपाली चलचित्र उद्योगका लागि द स्पोन्सर एउटा पृथक खालको चलचित्र बन्न पुगेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #द स्पोन्सर, #देवेन्द्र अर्याल ‘आँसु’
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्