यि हुन पढाइ कम अनि कमाइ ज्यादा भएका बलिउड कलाकारहरु

एजेन्सी । पढ्ने लेख्ने मानिस असल र नपढ्ने जमात चाहिँ खराब । अझै पनि यही दृष्टिकोणबाट मानिसहरुलाई विश्लेषण गर्ने काम गरिन्छ । बलिउडमा यस्ता कहियाँै चर्चीत कलाकारहरु रहेका छन् जो पढाईमा निक्कै दख्खल रहे भने फिल्मी लाइफमा भने आफ्नो करिअर मजबुत बनाउन असफल भए ।
तर, कम पढेका बलिउड स्टारहरु पनि छन् जसले बलिउडमा बेग्लै स्थान बनाइसकेका छन् । केही यस्तै बलिउड सेलिब्रिटीहरु रहेका छन् जसले १२ कक्षामात्र पास गरेका छन् । तर उनीहरु बलिउड जीवनमा भने अत्यन्त सफल भएका छन् ।
स्कुले शिक्षा त लिए तर विश्वविद्यालय डिग्री भने पाउन सकेनन् । केही स्टारहरु केही समय विश्वविद्यालयमा भर्नासम्म त भए तर पढाइलाई अगाडि बढाउन भने सकेनन् । तर, पनि उनीहरु आज करोडौ कमाइरहेका छन् ।
१. टाइगर श्राफ
बलिउडमा फिल्म ‘हिरोपन्ती’ बाट करिअर सूरु गरेका टाइगर १२ कक्षामात्र पास हुन् । उनले १२ कक्षासम्मको पढाइ सकेपछि पढ्न छोडिदिए ।
२. सलमान खान
बलिउडका दवंग खानले कक्षा १२ सम्मको पढाइ गरेका छन् । तर ग्रयाजुएसन पुरा गर्नुभन्दा पहिला नै उनी मोडलिङतिर लागे । यसका कारण उनले पढाइ बिचमा नै छोडिदिए ।
३. प्रिंयका चोपडा
प्रिंयका चोपडालाई देख्दा लाग्छ उनले ठुलै विश्वविद्यालयको डिग्री हासिल गरेकी छिन् । सन् २००० मा मिस इण्डिया समेत भएकी प्रियंका कक्षा १२ पास मात्र हुन् । उनले मुम्बईको एक विश्वविद्यालयमा भर्ना त हालिन् तर पढ्नै गइनन् ।
४. करिश्मा कपुर
बलिउडमा कपुर परिवारलाई पढाइ पुरा नगर्ने परिवारको रुपमा लिइन्छ । कपुर खानदानकी छोरी करिश्मा कपुरले त अझ ६ कक्षामा पढ्ने क्रममा नै पढाइ छोडदिएकी थिइन् । पछि उनले फिल्म ‘प्रेम कैदी’ बाट आफ्नो बलिउड करिअर सूरु गरेकी थिइन् ।
५. करिना कपुर
आफ्नो दिदी झै करिना कपुरले पनि पढाइलाई महत्व दिइनन् । तर, उनले कक्षा १२ सम्मको पढाइ भने पुरा गरिन् । पछि उनले मिठीबाइ कलेजमा भर्ना त गरिन् तर बलिउडले उनको पढाइ भंग गरिदियो । फिल्म ‘रिफ्युजी’ मा इन्ट्री पाएपछि उनले बलिउडमै आफ्नो ध्यान बनाइराखिन् ।
६. दीपिका पादुकोण
आज बलिउडकी सबैभन्दा महँगी नायिकाको रुपमा परिचीत यी अभिनेत्री पनि ग्रयाजुएट होइनन् । कक्षा १२ को पढाइ सकेपछि उनले ब्याचरलको पढाईका लागि फर्म त भरिन् तर मोडलिङमा लागेपछि पढाइ अधुरै छोडिन् ।
७. आलिया भाट
बलिउडकी यी क्वीट एक्ट्रेस पनि व्याचलरको पढाइ पुरा गर्न सकिनन् । आलियाले मुम्बइमा रहेको जमानाभाई नरसी स्कुलमा कक्षा १२ सम्मको पढाइ गरेकी थिइन् । तर, त्यस लगत्तै उनलाई फिल्म ‘स्टुटेण्ड अफ द इयर’ मा आएपछि उनले व्याचरलको पढाइ छोडिदिइन् ।
८. अक्षय कुमार
बलिउडका खिलाडी अक्षय कुमार एक्शन हिरोका रुपमा परिचीत रहेका छन् । उनले फिल्ममा सफलता पाएपनि पढाईमा भने पाउन सकेनन । उनले पढाइलाई बिचमै छोडेर बैंकक मार्शल आर्ट सिक्न गएका थिए । उनले अझै पनि आफुले सही निर्णय लिएको बताउँदै आएका छन् ।
९. आमिर खान
आमिर खान बलिउडका मिस्टर पर्फेक्सनिष्ट रुपमा परिचित छन् । तर यी बलिउड पर्फेक्सनिष्ट पढाइमा भने पर्फेक्सनिष्ट देखिएनन् । उनले १६ वर्षकै उमेरमा फिल्ममा काम गर्न थालेका थिए । त्यसपछि उनले ब्यचलरको पढाइ पनि पुरा गर्न सकेनन् ।
१०. ऐश्वर्या राय बच्चन
बलिउडको दुनियाँमा सबैभन्दा सुन्दर युवतीको रुपमा परिचित पुर्व मिस वल्र्डले आफ्नो पढाइ बिचमै छोडि दिएकी थिइन् । सानो उमेर देखिनै मोडलिङमा सोख राखेकी यी अभिनेत्रीले पनि पढाइतिर ध्यान दिन चाहिनन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #बलिउड कलाकारहरु
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्