बालुवाटारमा महेश थापाको ‘मरिचिका’ विमोचन

काठमाडौं । व्यङग्यकार महेश थापाद्वारा लिखित कथा संग्रह मरीचिकाको प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका बिच सो पुस्तक विमोचन गरेका हुन् ।
आफैं अफ्ठ्यारो स्थितीमा भएका थापाले नेपाली साहित्यमा ठुलो योगदान दिएकोमा प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन् ।
‘महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ । उनले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो ‘ प्रधानमन्त्री ओलीले भने’अरु सशक्त अवस्थामा रहेकाहरुले उनको प्रेरणाबाट पनि देशलाई धेरै योगदान गर्नसक्नु पर्दछ ।’
प्रधानमन्त्री ओलीले समाजमा राम्रो काम गर्ने मानिसहरुलाई खुट्टा तान्ने प्रवृति भए पनि त्यसबाट विचलित नभइ आफ्नो लक्ष्यमा अडिग रहनु पर्ने बताएका छन् ।
लेखक थापा शारीरिक रुपमा अशक्त छन् । सामान्य रुपमा चल्ने एक हातको दुई औंलाको सहायताले व्यंगात्मक रुपमा उनले कलम चलाउने गर्दछन् । सामाजिक तथा राजनीतिमा देखिएको विकृति विसंगति विरुद्ध थापाका व्यंगात्मक लेख लोकप्रिय मानिन्छन् ।
कार्यक्रममा प्राज्ञ माया ठकुरी,कवि तथा लेखक डा।सरोज धिताल र कवि तथा लेखक अभय श्रेष्ठले पुस्तकको बारेमा समिक्षा गर्दै लेखक महेस थापालाइ हार्दिक बधाई तथा थप सफलताको लागि शुभकामना पनि व्यक्त गरेका थिए।
यस्तै लेखकीय मन्तब्य लेखकलाई बोल्न कठिनाइ हुनेभएकाले उनको पत्नी निशा शर्माले पढेर सुनाएकी थिइन् । यस अघि लेखक महेस थापाको आत्मकथा अल्पबिराम र व्यंग्यात्मक पुस्तक नमोस्नम बजारमा लोकप्रिय भैसकेको छ।
क्याटेगोरी : मनोरञ्जन
ट्याग : #मरिचिका
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ४टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ५मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ६नेकपा शिवपुरी सिंगो गाउँपालिका प्रचण्ड–माधव समूहमा
- ७नुवाकोट तारकेश्वर १ मा नेकपाको अगुवा कार्यकर्ता भेला
- ८पुरातात्विक महत्वको बृद्व जस्तो देखिने मूर्ती सहित तीन जना पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्