गायिका अञ्जु पन्त ‘बाइबल’ बोकेर बारा छिरेकै हुन् ?

काठमाडौं । गायिका अञ्जु पन्त राहतका सामग्रीका साथ क्रिश्चियन धर्मग्रन्थ बाइबलका बन्डल बोकेर हावाहुन्डरी पीडित जिल्ला बारा र पर्सा पुगेको बताइएको छ ।
पीडाको आहतमा रहेका फेटालगायतका बासिन्दालाई अहिले राहत बाँड्न विभिन्न संस्था र व्यक्ति पुगिरहेका बेला पन्त पनि पुगेकी हुन् । उनले राहतका सामग्रीसँगै धर्म प्रचारमा पनि सक्रियता देखाएको आशंका गरिएको छ ।
पन्तले हिन्दुबाट धर्मान्तर गरि क्रिश्चियन स्वीकार गरेकी थिइन् । हिन्दु धर्मको विरोध गरी गीत गाएको भन्ने आरोपको सामना उनले गर्न परेको थियो ।
‘उनको गाडीमा राहतका सामग्रीसहित दर्जनौ बाइबलका किताब पनि रहेको थियो’, पन्तलाई देख्नेहरूले भने,‘पीडितलाई यतिबेला राहत चाहिएको मौकामा धार्मिक अभियान पनि हुनसक्छ ।’
त्यसो त क्रिश्चियन धर्म प्रचारक भनी बुझिएको परिवार दललले उक्त घटनाको केही घन्टामा नै ५० हजार नगद सहयोगको घोषणा गरेको थियो । त्यस दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले राहत घोषणा गरेको थियो । पन्त ढकालको दलका कार्यक्रम र अन्य अभियानका कार्यक्रममा पनि सहभागी हुँदै आएकी छन् ।
बारा र पर्साका पीडित समुदाय भने, मुस्लिम र हिन्दु रहेका छन् । मृतकको संख्या मुस्लिमको ज्यादा रहेको विवरणहरू आएका थिए । त्यसो त पन्तले पनि घटना हुनासाथ सामाजिक सञ्जालमा घाइतेको तस्बिर राख्दै लेखेकी थिइन्,‘सबैजना उद्दारमा लागौं, सहयोगमा जुटौं ।’
इन्सेटमा राखिएको तस्बिरमा राहतसँगै बाइबल पनि लिएर पन्त पीडितकहाँ पुगेको भनी सामाजिक सञ्जालमा बुधबार आलोचना पनि भएको छ । सत्तारुढ, प्रपितपक्षी र कतिय आम साधारणले पनि उनको आलोचना गरेका छन् ।
तर पन्तले इन्सेटको तस्बिर भने केही महिना अघि कापीकलम बाँडेको भनेर फेसबुकमा पोस्ट गरेकी थिइन् । तस्बिर पुरानो भए पनि उनलाई बारामा भने देखिएको बताएका छन् ।
यसैबीच, राप्रपा अध्यक्ष कमल थापाले पनि पन्तको उक्त तस्बिरबारे धर्मप्रचारको विषयलाई लिएर टिप्पणी गरेका थिए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #अञ्जु पन्त
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्