सहकर्मीले पादेर हैरान बनाएपछि….

काठमाडाैँ, १३ चैत । दुनियाँमा कस्ता कस्ता विषयमा मुद्दा दायर गरिन्छ होला ? के कसैले पादको विषयमा मुद्दा हालेको सुन्नुभएको थियो ? सायद दुनियाँमा यस्ता घटना यसअघि कहिल्यै भएको थिएन, जुन हालै अष्ट्रेलियामा भएको छ ।
अष्ट्रेलियाको मेलबर्नमा एकजना व्यक्तिले झण्डै २० करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्ति माग गर्दै आफ्नै सहकर्मी विरुद्ध मुद्दा हालेका छन् । यसरी मुद्दा हाल्नुको कारण रहेको छ, ती सहकर्मीको पाद ।
पेशाले निर्माण इन्जिनियर रहेका ती व्यक्तिको आरोप छ कि उनका ती आरोपित सहकर्मी हरेक दिन कार्यालय समयमा उनको कोठामा पटक पटक आएर पाद्ने गर्दछन् ।
यसरी बारम्बार पाद्नाले दुर्गन्ध फैलिएको, काम गर्नै अप्ठेरो भएको र आफू प्रताडित भएकोले मुद्दा दायर गर्नुपरेको उनको जिकिर छ । पादका कारण अफिसमा काम गर्ने वातावरण नै नरहेको उनको भनाई छ ।
सहकर्मीको पाद्ने बानीका कारण आफु व्यक्तिगत रुपमा पीडित भएको, कार्यालयका हाकिमसँग गुनासो गर्दा पनि समस्याको सुनुवाई नभएको र समाधानको अरु बाटो नदेखेपछि अदालतको ढोका ढक्ढकाउनुपरेको उनको भनाई छ ।
डेभिड नामका ती ५६ वर्षीय इन्जिनियरले पदुवा सहकर्मीविरुद्ध १८ लाख डलर क्षतिपूर्तिको माग गरेका छन् । दिनमा ५-६ पटक ती सहकर्मी आफ्नो कोठामा आउने र पादेर जाने गरेको भन्दै उनले त्यसपछि हुने दुर्गन्धलाई कम गर्न आफूले कोठामा सेन्ट छर्किने गरेको बताएका छन् ।
यो मुद्दाको बारेमा अदालतले आउँदो शुक्रबार अन्तिम फैसला गर्नेछ । -बीबीसी
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #पादेर हैरान
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्