मेरी बास्सैबाट बाहिरिए राजु मास्टर र बल्छी ध्रुबे

काठमाडाैँ . नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट प्रमुख कलाकार मरिचमान श्रेष्ठ (बल्छी धु्र्वे) र राजु पौडेल (राजु मास्टर) अलग भएका छन् । उनीहरुले कार्यक्रममा अभिनय, लेखन र निर्देशन गर्दै आएका थिए ।
उनीहरुले कार्यक्रम छोडेको घोषणा फेसबुकमार्फत गरेका हुन् । कार्यक्रम उत्पादक मिडिया हबसँग विविध विषयमा सहमति नभएपछि अलग भएको उनीहरुको भनाई छ ।
मेरी बास्सैलाई एक दशक अगाडिबाट सीताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्नेबुढा) ले सुरु गरेका थिए । सुरुमा निकै लोकप्रिय बनेको उक्त श्रृंखलाबाट पछि केदार अलग भए ।
यसैगरी, सामाजिक गतिविधिमा सक्रिय भएपछि धुर्मुसले पनि यसबाट हात झिके । माग्नेबुढा र धुर्मुस दुवैले छोडेपछि राजु मास्टर र बल्छी धु्र्वेले जिम्मेवारी पाएका थिए ।
‘मिडिया हबसंग विविध कुरामा सहमति हुन नसक्दा आजको मितिबाट हामीले मेरी बास्सैबाट अलग भएका छौँ। यस कदमबाट हाम्रा भगवानरुपी दर्शकहरुमा पर्न गएको असरप्रति क्षमाप्रार्थी छौँ ’, उनीहरुले भनेका छन्, ‘हाम्रा दर्शकहरुको यो अपार मायालाई यत्तिकै मर्न दिने छैनौं र हामी बाचा गर्नेछौं, चाँडाे भन्दा चाँडाे यही बल्छी अनि राजु मास्टरकै भेसमा अर्को नयाँ कार्यक्रमको साथमा हजुरहरुमाझ आउने छौँ। र, सधै यस्तै मायाको अपेक्षा गर्नेछौ।’
यता मिडिया हबले भने उनीहरुले छाेडेपछि कार्यक्रम नियमत आउने बताएको छ । कार्यक्रम मंगलबार प्रशारण हुँदै आइरहेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मेरी बास्सै
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्