चलचित्र ‘दाल भात तरकारी’को प्रदर्शन मिति एक साता पछि सर्यो

चलचित्र ‘दाल भात तरकारी’ले आफ्नो प्रदर्शन मिति एक हप्ता पछि सारिएको छ । वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने भनिएको उक्त चलचित्र हलिउडको प्रतिक्षित चलचित्र ‘एभेन्जरस् इन्ड गेम’ रिलिज हुने भएपछि रिलिज मिति पछाडि सरको चर्चा गरिउको छ ।
तर किन सारियो भन्नेबारे आधिकारिक भने केहि भनिएको छैन ।सुदन केसीको निर्देशनमा बनेको यस चलचित्रमा अब मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुसाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, अनुराग कुँवर, विल्सन विक्रम राई, सुरेन्द्र केसी लगायतको अभिनय रहेको छ ।
मह सञ्चारको व्यानरमा निर्माण भएको यस चलचित्रमा शम्भुजित बास्कोटाको संगीत, दीर्घ गुरुङको छायांकन तथा मित्र डी गुरुङको सम्पादन रहेको छ । चलचित्रको सार्वजनिक पहिलो गीत ‘भिजिट भिसामा’लाई युट्युबमा एक करोड भन्दा धेरैले हेरिसकेका छन् । दोस्रो गीत शुक्रबार रिलिज हुदैछ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #दाल भात तरकारी
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्