Techie IT
सोमबार, चैत्र ३०,२०७७

बाबु बोगटीको नयाँ गीत ‘ह्याप्पी होली’ सार्वजनिक


काठमाडौं : नजिकिँदै गएको ‘होली’ लक्षित गरेर म्यूजिक भिडियोहरु सार्वजनिक भइरहेका छन्।

आफ्नो २० वर्षे सांगीतिक यात्रामा पहिलो पटक ल्याएको बोगटीको होली गीतको बोल छ, ह्याप्पी होली… ।

होलीबारे बाबुको यो पहिलो गीत हो। आफ्नै युट्युब च्यानल मार्फत् उनले ‘ह्याप्पी होली’बोलको गीत सार्वजनिक गरेका हुन्। बविन्द्र नेम्वागंको शब्द तथा बाबुकै संगीत रहेको गीतमा मोहित मुनालको एरेन्ज छ।

गीतको भिडियो समेत तयार पारिएको छ । पुकार तिमिलसिना र नमराज घिमिरेले खिचेको भिडियो सम्पादन शक्ति घिमिरेले गरेका छन् ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #‘ह्याप्पी होली’


तपाईको कमेन्ट लेख्नुहोस्