अक्षयकुमारले १ सय नव दम्पतीहरुलाई १–१ लाख रुपैयाँ सहयोग दिने

एजेन्सी – बलिउडका चर्चित अभिनेता अक्षयकुमार केही समय यता सामाजिक चेतनायुक्त चलचित्रमा देखिएका छन् । तर आलोचना गर्नेहरुले उनका यी चलचित्रलाई प्रोपागाण्डा भने पनि उनले सामाजको नजरमा गलत भनिएका कतिपय कुराहरुलाई आफ्ना चलचित्रका कारण सहज बनाइदिएका छन् ।
उनी चुरोटले स्वास्थ्यमा पार्ने असर, ट्राफिक नियमको पालना र सेनेटरी प्याडको प्रयोगसँग सम्बन्धित विज्ञापनमा पनि देखिएका छन् । र केही समय अगाडि मात्र उनले पुलवामा हमलामा शहीद भएका सेनाका परिवारलाई पाँच करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।
उनले भर्खरै एक ‘च्यारेटी इभेन्ट’मा एकसय नयाँ दुलहीहरुलाई एक–एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् । उनी एक सामुहिक विवाहमा गएका थिए । भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नवीसको उपस्थितिमा लगभग एकसय गरिब तथा सुविधाबाट वञ्चित युवाहरुले विवाह गरेका थिए । अक्षय उनीहरुलाई आशिर्वाद दिन त्यहाँ पुगेका थिए ।
समाचार स्रोतका अनुसार उनले त्यहाँ गएर आशिर्वाद मात्र दिएनन्, आर्थिक समस्याबाट ग्रसित सबै एक सय नव–विवाहित जोडीलाई उनीहरुको वैवाहिक जीवनको सुरुवाती दिनहरु खुशियालीसँग बितून् भन्दै एक–एक लाख भारतीय रुपैयाँ पनि दिने घोषणा गरेका छन् । अक्षय कुमारको यस निर्णयको भारतीय मिडियामा खुबै प्रशंसा गरिएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #अक्षयकुमार
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्