किड क्विन नेपालका प्रतिस्पर्धीले देखाए आफ्नो प्रतिभा

काठमाडौँ। नेवार सुन्दरीहरूको मिस नेवाः आयोजना गर्दै आएको नेप्लिज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आइरहेको बालिकाको अर्को प्रतियोगिता किड क्विन नेपाल यस वर्ष पनि हुने भएको छ। आगामी असोज २९ गते राजधानीमा हुने १८औं संस्करणको यस वर्षको प्रतियोगितामा सामेल ९ देखि १४ वर्षसम्मका २५ प्रतिभावान् बालिकाले काठमाडौंमा आयोजित प्रतियोगिता अन्तर्गतको ट्यालेन्ट शोमा आफुमा रहेको अन्तर्निहित प्रतिभा प्रदर्शन गरेका छन्।
ट्यालेन्ट उपउपाधिका लागि आयोजित ट्यालेन्ट शोमा बालिकाहरुले अभिनय, नृत्य, चित्रकला, वाद्यवादन, वक्तृत्वकलाजस्ता आफुमा लुकेको प्रतिभा प्रदर्शन गरी निर्णायक तथा अभिभावकलाई प्रभावित पारेका थिए। आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरको सभापतित्व तथा वडा नम्बर १९ का वडा अध्यक्ष कुश ढकालको प्रमूख आतिथ्यता, समाजसेवी सुर बहादुर श्रेष्ठ, मिस नेवाः २०२२ सलिना महर्जन र किड्स क्वीन सोसियल वेलफेयर एम्बेसडर चिफ २०१८ अपेक्षा शेरचनको विशेष आतिथ्यतामा सम्पन्न ट्यालेन्ट शोमा नेपाल क्योकुशिन सेसिन काईकन कराते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, सौन्दर्यविद मञ्जु काकर्मी पाण्डे, फेशन डिजाइनर शोभा महर्जन, मिस नेवाः ११३६ की फष्ट रनर्सअप रेजिशा डंगोल र मिस नेवाः २०२१ कृषा महर्जन निर्णायक रहेका थिए।
प्रतियोगिता मिस नेवाः नेपाल २०२२ सलिना महर्जन, मिस नेवाः नपाल प्रिया तण्डुकार र मिस नेवाः नेपाल प्रजिता श्रेष्ठको कोरियोग्राफीमा हुने प्रतियोगितामा सुबारिया श्रेष्ठ, प्रार्थना बज्राचार्य, ममता श्रेष्ठ, श्रीषा श्रेष्ठ, सायुरी पुजारी, सकिरा तामाङ, ग्रेसी शाही, आस्था थापा मगर, सुवा कोजु, सफलता प्रधानांग, इरिना महर्जन, त्रिक्सि चित्रकार, प्राप्ति रेग्मी, परी मगर, स्तुति कार्की, तृप्ति वैद्य, ज्योति कार्की, पलिस्था कुटुवो, इप्शा प्रजापति, प्रश्का पुलामी गृष्मा रञ्चल, निर्जला कौशिला, मर्था तामाङ, कृष्पी पौडेल र नासिका ठकुरी अन्तिम प्रतिस्पर्धामा भिड्दैछन्।
बालिकाहरूमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन, आत्मसुरक्षा कला र आत्म विश्वास वृद्धिका लागि यो प्रतियोगितामा १७ वर्षदेखि आयोजना गरिँदै आएको नेप्लिज फेसन होमकी अध्यक्ष मानन्धरले बताइन्। उनका अनुसार प्रतियोगितामा सामेल बालिकाहरूलाई आफ्नो रीतिरिवाज, धर्म संस्कृति र चाडबाडका बारेमा समेत ज्ञान प्रदान गर्ने गरिन्छ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्