Techie IT
बिहीबार, असोज २०,२०७९

रबि ओड र चर्चित गायिका रेखा जोशीको आवाजमा रहेको गीत ‘लैजा जोवन’ सार्वजनिक


काठमाडौँ । नेपाल आइडल रबि ओड र चर्चित गायिका रेखा जोशीको आवाजमा रहेको गीत ‘लैजा जोवन’ सार्वजनिक भएको छ।

अबिनाश थापाको शब्द रहेको गीत ‘लैजा जोवन’ मा भिम बिसीको संगीत रहेको छ । ए प्लस स्टुडियोमा रेकर्ड भएको उक्त गीतको एरेन्ज विश्व अधिकारीले गरेका हुन भने नरेश बिबिसीले मिक्सीङ मास्टरिङ गरेका छन ।

‘लैजा जोवन’ को भिडियो निर्देशन नरेन भट्टराईले गरेका छन । केशब बिश्वकर्माले छयाँकन गरेको भिडियो दिन्सन शाहले सम्पादन गरेका छन । उक्त भिडियोमा गायकर गायिका आफै फिचर्ड छन भने दिया चहार, जिगर ओड,सुनिल बिसी र दिपिका रान मगरको अभिनय रहेको छ ।

देउडा भाकामा बनेको उक्त गीत बिहिबार रबि ओड युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #रबि ओड, #रबि ओड र चर्चित गायिका रेखा जोशीको आवाजमा रहेको गीत ‘लैजा जोवन’ सार्वजनिक, #रेखा जोशी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
19°
Light Rain
5:58 am5:44 pm +0545