मन्त्री बस्नेतकी भतिजि मृत फेला

काठमाडौं । वन तथा वाताबरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत मृत फेला परेकी छिन् । बबिता मन्त्री बस्नेतका दाजु ललित बहादुर बस्नेतकि छोरी हुन् । बबिता पत्रकार तथा उर्जा मन्त्री वर्षमान पुनका प्रेस सल्लाहाकार रोशन खड्काकी श्रीमति समेत हुन् । बबिताको करिब ३ वर्षअघि रोशन खड्कासँग बिहे भएको थियो ।
उनी आइतबार वेस्टार अपार्टमेन्टको आफ्नै फ्ल्याटमा मृत फेला परेकी हुन् । ललितपुर प्रहरीका अनुसार उनलाई सलको पासो लगाएको अवस्थामा फेला पारिएको हो । आइतबार बिहान १० बजेसम्म पनि बबिता नउठेपछि उनकी नन्दले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले घटना शंकाष्पद रहेकाले अनुसन्धान भईरहेको बताएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #बबिता बस्नेत
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्