उल्लासपुर्बक सम्पन भयो पूर्वाञ्चल फेशन शो

बिराट्नगर, १५ माघ -पेजेन्ट नेपालको आयोजनामा पूर्वाञ्चलको विराटनगरमा पेजेन्ट नेपाल पूर्वाञ्चल फेशन शो,२०७५ सम्पन्न भएको छ ।बिराटनगरको पुष्पलाल चोक स्थित ड्रिम गार्डेनमा सम्पन्न उक्त फेशन शो को लागी अडिसन राउण्डबाट छनौट भएका ५० जना महिला तथा पुरुष मोडलहरु बिभिन्न बिधामा र्याम्पमा उत्रिएका थिए ।
उक्त शोमा पेजेन्ट नेपालकी प्रबन्ध निर्देशक तथा चर्चित फेशन डिजाईनर ममथा बस्नेतले तयार पारेको डिजाइनहरु प्रस्तुत गरिएको थियो । मौलिक सांस्कृतिक तथा आधुनिक फेसनलाई समेटेर देखाईएको उक्त फेसन शो मा चार वटा सिक्वेन्स प्रस्तुत गरिएको थियो ।
कल्चलर ड्रेस, वेस्टर्न ड्रेस, फेन्सी ड्रेस, गाउन, वर्षायामको पहिरनहरु, ढाकाका पहिरनसँगै एक सिक्वेन्समा मुख्य प्रायोजक बुलेट चाउचाउको खोलबाट तयार पारिएको ड्रेस तथा अन्य प्रयोजकहरु नेपाल आईस बियर, द ब्यारन सेलेक्ट ब्लुफिन, राथी, क्यानभास वाईनलगायतको कभरमा तयार पारिएका पहिरन, पेपर ड्रेस तथा प्लास्टिक ड्रेस पहिरिएर मोडलहरुले शो लाई रङ्गीन बनाएका थिए ।
रमेश भट्टराई र चन्दा खड्काले सञ्चालन गरेको उक्त कार्यक्रममा सफल व्यावसायी तथा कोरियोग्राफर ईश्वर बाँस्तोला, सम्झना चौधरी र दिवश भट्टराईको कोरीयोग्राफीमा मोडलहरु र्याम्पमा उत्रिएका थिए ।
पेजेन्ट नेपालका अध्यक्ष राज लुईटेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले कार्यक्रममा बोल्दै राजधानीमा सिमित रहदै आएका यस्ता कार्यक्रम मोफसलमा समेत गरेर त्यहा रहेका प्रतिभाको मूल्याङ्कन गर्दै उनीहरुको क्षमता अभवृद्दिमा पुर्याएको योगदान महत्वपूर्ण रहेको भन्दै पेजेन्ट नेपाललाई धन्यवाद तथा शुभकामना दिएका थिए । साथै उनले ढाकाको पहिरनलाई ईङ्कित गर्दै नेपाली मौलिक पहिरनबाट नेपाललाई विश्वमा चिनाउन सकिने समेत बताए ।
कार्यक्रममा विशेष अतिथिको रुपमा बिराटनगर क्षेत्रका समाजसेवी तथा व्यावसायी अरुण सुराना, अरुण राठी, श्याम भट्टराई, किरणप्रकाश अर्याल, थानेश्वर उपाध्याय, संजीव खनाल, सरोज चापागाईं, चलचित्र निर्देशक राजु केसीलगायत बाक्लो मात्रामा दर्शकको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागी हुन राजधानीबाट वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ सिताराम पोख्रेल, श्रीकृष्ण लुईटेल (बोकेदाह्री), सपन श्रेष्ठ, कृष्ण काफ्ले, ध्रुव बिश्को, हांस्य कलाकार महादेव त्रिपाठी, नायक श्रीदेव भट्टराई, नायिका ममता प्रधान, सुनिता कटुवाल, पूजा परियार, नितु कोईरालालगायत स्थानीय स्तरका कलाकारहरुको समेत बेजोड प्रस्तुति रहेको थियो ।
फेशन शोका दौरान पेजेन्ट नेपालले विभिन्न क्षेत्रमा रहेर योगदान पुर्याउन सफल व्यक्तित्वहरुलाई विशेष सम्मान प्रदान गरिएको थियो। सम्मानित हुनुहुनेमा वरिष्ठ गायक सिताराम पोखरेल, नायक श्रीदेव भट्टराई, युवा व्यवसायी अमिर न्यौपाने, समाजसेवी पुनम चौधरी र मोडल जीवन ओडारी थिए ।
निर्धारित तीन घण्टाको लागि शुरु गरिएको कार्यक्रम स्थानीय तथा पूर्वाञ्चलवासी दर्शकहरुको चाहना तथा रहरलाई मध्यनजर गर्दै थप दुई घण्टा लम्बिन पुगेको थियो ।
कार्यक्रम सपोर्टरको रुपमा रहेर कार्यक्रम को–अर्डिनेटर सुगम पोखरेल, व्युटिसियन संगीता चौधरी, जानुका न्यौपाने, ईशा श्रेष्ठ, अर्जुन थापा, कुमार खड्का, कविता थापालगायतले दिएको साथ र सहयोगले कार्यक्रम भव्य तवरले सम्पन्न गर्न सफल भएको कार्यक्रम संयोजक तथा आयोजक संस्थाकी प्रबन्ध निर्देशक ममथा बस्नेतले बताईन ।
यस किसिमको फेशन शोले पूर्वाञ्चलमा रहेर मोडलिङ क्षेत्रमा सक्रिय मोडलहरुको लागी महत्वपूर्ण अवसर प्रदान गरेको साथै यस शो मा सहभागी मध्यको उत्कृष्ट केहि मोडलहरुलाई फेब्रुअरीमा थाईलैण्डको बैङ्ककमा हुन लागेको अन्तर्राष्ट्रिय फेशन शोमा सहभागी गराईने आयोजक ममथाले बताईन ।
पेजेन्ट नेपाल पूर्वाञ्चल फेशन शो लाई बुलेट चाउचाउले मुख्य प्रायोजन गरेको थियो भने गोल्ड स्पोन्सरमा नेपाल आईस बियर, सिल्भर स्पोन्सरमा गीता एभिएसन, ब्रोन्ज स्पोन्सरमा द ब्यारन सेलेक्ट ब्लुफिनले सहकार्य गरेका थिए । अन्य प्रायोजकहरुमा राथी ज्वेलर्श, लालीमा, एन्जल क्याफे, पायनीयर इलेक्ट्रिक, क्यानभास वाईन, शुभकामना जल, सारङ्गी द फुड कोर्ट,अरविट होस्टल, होटल एशियाटिक,सिटी कलेज, बिराटनगर जस्ता लोकप्रिय ब्राण्डहरुले विभिन्न शिर्षकमा रहेर फेशन शोसँग सहकार्य गरेका थिए ।
फेसन शो र बिभिन्न सांस्कृतिक प्रस्तुतिसँगै उल्लेख्य सङ्ख्यामा उपस्थित विराटनगर तथा पूर्वाञ्चलवासीको उत्साहजनक सहभागितामा भरिएको कार्यक्रम सुरुदेखि अत्यसम्म रङ्गीन बनेको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #पूर्वाञ्चल फेशन शो
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्