गोबिन्द तिमल्सिना को काभ्रे घुम्न जाउँ बोलको गीत सार्वजनिक

नेपाली मौलिकपना बोकेको गीत ‘बोल माया’ले २०१८ भरी तहल्का मच्चायो । यो गीतको भिडियोमा फिचर थिए गायक प्रकास सपुत र मोडल अञ्जली अधिकारी । ‘बोल माया’को सफलतापछि यो जोडीको व्यस्तता यति बढ्यो कि लेखि साध्य छैन भन्दा फरक नपर्ला । सपश्चात विभिन्न समयमा विभिन्न गीतमा सँगसँगै देखिएका प्रकाश र अञ्जली पुनः एक पटक एकसाथ आएका छन् ।
गायक गोविन्द तिमिल्सिनाको पछिल्लो गीत ‘काभ्रे घुम्न जाम्’ बोलको गीतमा प्रकाश र अञ्जलीलाई एकसाथ कम्मर मर्काउँदै गर्दा देख्न सकिन्छ । शुक्रबार युट्युवमा रिलिज गीतको भिडियोलाई स्मृति तिमिल्सिनाले ‘गुरुआमा’ले निर्देशन गरेकी छिन् भने स्वर गोविन्दसँगै टिका पुनःको छ । शब्द संगीत विष्णु तामाङले भरेका छन् ।
गीतको सम्पुर्ण छायाँकन काभ्रेमै गरिएको छ । रविन बजगाइँले क्यामेरा चलाएका छन् । प्रकाश धमलाको सम्पादन रहेको गीतको भिडियो एलआरएस म्युजिक एण्ड फिल्मस् को तर्फबाट बजारमा आएको हो । गायक गोविन्दको पछिल्लो रिलिज गीत ‘ज्यान भुतुक्कै’ले राम्रो चर्चा कमाएको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #काभ्रे घुम्न जाउँ
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्