अभिनेत्री करिना कपुर चुनाव लड्ने तयारीमा

बलिउडमा कलाकार होस या खेलाडी राजनितीमा कुनै न कुनै रुपमा आवद्ध भएका देखिएका छन् । बलिउडका अधिकांश पुराना कलाकारहरु राजनितीमा छन् भने खेलाडीहरु पनि । बलिउडमा आज यस्ता धेरै कलाकारहरु छन् जो राजनितीमा सक्रिय छन् भने कोही सांसददेखि मन्त्रीसमेत बनेका छन् ।
भारतमा छिट्टै आम चुनाव हुँदैछ । जहाँ भाजपादेखि लिएर कांग्रेससमेत बलिउड कलाकारहरुलाई आफनो पार्टीमा समाबेश गरी चुनाव लडाउँने तयारीमा रहेको छ । यसैबीच कांग्रेसले बलिउडकी चर्चित अभिनेत्री करिना कपुरलाई पनि चुनावी मैदानमा ल्याउँन कसरत गरिरहेको छ । उनलाई टिकट दिएर चुनाव लडाउँने कांग्रेसको तयारी छ । भोपालकी बुहारीसमेत रहेकी करिनालाई सोही ठाउँबाट चुनावमा उतारिँदैछ ।
जहाँ बिगत ४० बर्षदेखि कांग्रेसले चुनाव हार्दे आईरहेको छ । करिना भोपालको बुहारी भएको र उनको क्रेज र फ्यानफलोईङ पनि राम्रो भएकोले कांग्रेसले भोपालमा चुनाव जित्नका लागि यो बह्रमास्त्र प्रयोग गर्देछ । त्यसो त करिना घरमा पनि कांग्रेसी माहोल रहेको छ ।
सोही कारण भोपालका स्थानीय नेताहरु करिनालाई चुनावमा सशक्तरुपमा मैदानमा उर्तान चाहान्छ । त्यसोत करिना र कांग्रेसका नेता राहुल गान्धीबीच पनि रोचक नाता रहेको छ । कुनै समय करिना राहुल गान्धी भनेपछि हुरुक्क हुन्थिन् । घरको माहोल कांग्रेसी , भोपाल सुसुराली घर , राहुल गान्धीसंगको कनेक्सन यी र यस्ता कुराहरुले करिनाले चुनाव लड्ने पक्कापक्की जस्तै भएको भारतीय मिडियाहरुले जनाएका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #करिना कपुर
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्