Techie IT
बिहीबार, मंसीर ११,२०७७

लक्ष्मण चापागाईँको नयाँ लोक दोहोरी गीत ’चिल गाडी सार्वजनिक


वैदेशिक रोजगारीमा हिँडेको युवकले  आफ्नि   श्रीमतीसँग गरेका सम्वाद र साटेका अनुभूतिलाई ’चिल गाडी’ गीतले समेटेको छ ।  गायक लक्ष्मण चापागाईँले नयाँ लोक दोहोरी गीत ’चिल गाडी’ सार्वजनिक गरेका छन् । हुर्केका छोराछोरीको लालनपालनको जोहो र बढ्दो ऋणबाट मुक्तिका लागि विदेश हिँड्न ठिक्क परेको युवाको कथा गीतमा छ । हवाईजहाज चढेर विदेश हिँड्ने तयारीमा रहेको नेपाली युवकको अनिश्यचलाई ’चिल गाडी’ को विम्बबाट सजीव रुपमा उतारिएको छ ।

रत्यौली मूलतः बिहेका दिन बेहुली लिएर जन्ती नफर्किउन्जेल बेहुलाको घरमा महिलाहरूले मनोरञ्जनका लागि गाउने गीतिभाका हो । आफ्नै शब्द तथा संगीत रहेको रत्यौली भाकाको यो गीतमा चापागाईँलाई स्वरमा विमला गैरेले साथ दिएकी छन्। सजिना लामिछाने, रुपक लुइटेल, रबिना भण्डारी, मनिसा ढकाल र बालकलाकार पलपल चापागाईँको अभिनय रहेको गीतको भिडियोको निर्देशन शिभन पोखरेलले गरेका छन् ।

 


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #चिल गाडी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545