बाबु बोगटीले ल्याए भुटानी कथाको मार्मिक गित

“हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला”
“जन्मेउ जहाँ त्यहाँ छैन बास
फर्की जाने केही छैन आश “
भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटानी समाजका यथार्थ समाजको गित बजारमा आएको छ ।, राजनैतिक अस्थिरता , समय र परिस्थितीको कारण दुई दशक भन्दा बढी बाहिर यूरोप अमेरिकामा जिवन बिताईरहेका भूटानी समाजको एतिहासिक गितको लिरिकल भिडियो गाएक बाबु बोगटी आफ्नो नयाँ गित बजारमा लिएर आएका छन् ।
गितमा शब्द, संगित र आवाज बाबु बोगटी को रहेको छ भने मोहित मुनालको एरेन्ज एवं र राजेश शाहले लिरिकल भिडियो तयार पारेका छन् ।
बाल्यकाल देखिनै भुटानी समुदाय सँग नजिक भएको र आफु पढ्ने स्कुलमा धेरै शिक्षकहरू भुटानी रहेको साथै आफु भुटान रँहदा देखि अमेरिका यूरोप यात्रा सम्मको जिवन संघर्ष केही बुझेकोले सो गिति एल्बम निमार्ण गरेको गाएक बाबु बोगटीले बताए ।
गितमा पुर्खा को निशानी कहिलै नभुल्ने,र नेपाल रहँदाको भोगाई र जहाँ भए पनि आफ्नो कला संस्कृति र भाषा नभुल्ने र यो नमिठो ईतिहास भोलीको संन्ततीले समेत नभुल्ने कुरालाई गित मार्फत प्रस्तुत गरिएको छ भने गितलाई बाबु बोगटी यु टीयूव च्यानल मार्फत बजारमा सार्बजनिक गरिएको छ ।
भुटानी कथाको मार्मिक गित
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #भुटानी कथा
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्