कलाकार सविता डङ्गोलको एकल चित्रकला प्रदर्शनी

काठमाडौं । सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा गत चैत २८ गतेदेखि कलाकार सविता डङ्गोलको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । उक्त प्रदर्शनी आजसम्म जारी रहने बताइएको छ ।
प्रदर्शनीमा कलाकार डङ्गोलले दुई युगल जोडीले स्वीकार गरेको वास्तविक विचार र कल्पनालाई समायोजन गरेकी छन् । उनले हरेक चित्रमा एक अर्कालाई जोड्नका लागि काइँयोलाई एक विम्बको रूपमा प्रयोग गरिएको जानकारी दिइन् ।
चित्रमा प्रयोग गरिएका अनगिन्ती अलङ्कारिक बुट्टा, डिजाइन र प्याटर्नले आफू र आफ्ना मनमा आएका विचार, तर्क र सोच तथा आफ्नो समयको धैर्यलाई बोध गरेको उनले बताइन् ।
‘कलाको यात्रामा काम गर्दै जाँदा मैले एकदिन आत्मा वा मनमा केन्द्रित भएर पनि काम गर्छु भन्ने सोचेकै थिइनँ, संसारको हरेक कुरा महसुस गर्नु, ग्रहण गर्नु, सिक्नु, सिकाउनु, संस्कार, संस्कृति, प्रकृति सबै आखिर यही मन आत्मामै केन्द्रित हुने गर्दछ’, उनले भनिन् ।
आफ्ना चित्रले कुनै प्रकृतिसँग झुकाव राख्दछ भने कुनै सांस्कृतिक दृश्यसँग झुकाव राख्ने कलाकार डङ्गोलले बताइन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, स्थानीय
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्