परिवारिक टेलिसिरियल हाम्रो जिन्दगी अब नेपाली दर्शक माझ

रामेश्वर ढकाल
परिवारिक टेलिसिरियल हाम्रो जिन्दगी नेपाली दर्शक माझ जनता टेलिभिजन मार्फत प्रसारणमा आएको छ ।
रिक्वष्ट मिडियाको प्रस्तुती रहेको यो सिरियलको औपचारिक सुरुवात भएको जानकारी राजधानीमा एक कार्यक्रम गरी सिरियलका निर्देशक पुरुषोतम खतिवडाले जानकारी दिनु भएको हो । सिरियलको कथा तथा पटकथा पनि पुरुषोतम खतिवडा आफैले लेख्नु भएको हो । सिरियलमा खतिवडाले अभिनय पनि गर्नु भएको छ ।
समाजमा घटेको विकृतीलाई सिरियल मार्फत जानकारी गराउने उदेश्यका साथ हाम्रो जिन्दगी आरम्भ गरिएको सिरियलका निर्माता एवंम कलाकार लक्ष्मी बस्नेतले जानकारी गराउनु भयो । लक्ष्मी बस्नेतले सरकारी विद्यालयको शिक्षिकाको भुमिकामा अभिनय गरेका छन् ।
यो सिरियल जनता टेलिभिजनबाट हरेक हप्ताको मंगलबार राती ८ बजेर ४५ मिनेटमा प्रसारण हुने गरेको छ ।
जनता टेलिभिजनका बजार प्रमुख निमेष खनालले पारिवारिक टेलिसिरियल हाम्रो जिन्दगीमा समसामयिक विषयबस्तुलाई प्राथमिकता दिन आग्रह गरे ।
टेलिसियलको औपचारिक शुभाआरम्भको अवसरमा कलाकारलाई हौसला प्रदान गर्न दोसल्लाहा ओडाएर सम्मान गरिएको थियोे ।
सिरियलमा वरिष्ठ कलाकार लक्ष्मण विक्रम बस्नेत, शारदा गिरी , देवकी पोखरेल , पुरुषोतम खतिवडा ,रामबाबु रेग्मी , मुस्कान लामिछाने ,लक्ष्मी बस्नेत, रचना पौडेल , राधिका घिमिरे , सचिन राई ,टिकाराम नगरकोटी, मुकुन्द घिमिरे , जुजुभाई मर्हजन र बाल कलाकारहरु सन्जु थापा र क्रिश्चल घिमिरे लगायतका अभिनय गरेका छन साथै संचारकर्मी रामेश्वर ढकालको समेत दमदार अभिनय रहेको छ । । यसैगरी सिरियलमा समाबेश गरिएको शिर्ष गितको स्वर तथा संगितमा सचिन राई हुनु हुन्छ । गितको रचनाकारमा पुरुषोतम खतिवडाको रहेको छ ।
सिरियललाई सुधिर गुप्ताले सम्पादन गर्नु भएको छ भने छायांकनमा अमृत माली रहनु भएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #रामेश्वर ढकाल
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्