फेसिअल हाउसमा मिसेस नेपाल इन्टरनेसनलका प्रतियोगीको हेयर र स्किन टेस्ट सम्पन्न

काठमाडौं, ०४ असोज( फेसिअल हाउसमा मिसेस नेपाल इन्टरनेसनलका ३६ प्रतियोगीको हेयर र स्किन टेस्ट गर्ने कार्य मंगलवार असोज ०३ गते सम्पन भएको छ । मिसेस नेपाल इन्टरनेसनल २०१८ का ३६ प्रतियोगीको हेयर र स्किन टेस्ट गर्ने कार्य फेसिअल हाउसकी म्यानेजिंग डाइरेक्टर समेत रहेकी सौन्दर्यशास्त्री सुषमा महराको नेत्रीत्वमा सम्पन्न भएको हो । सो अवसरमा फेसिअल हाउसले प्रतिस्पर्धीहरुको सम्मानमा केक समेत काटेको थियो ।
रिबन इन्टरटेनमेन्ट प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल इन्टरनेसनल २०१८ मा ३७ जना महिला बीच प्रतिस्पर्धा हुदै छ । प्रतियोगीले विभिन्न विज्ञहरूद्वारा व्यक्तित्व विकास, अन्तर्राष्ट्रिय मोडलिङ वर्कसप, ग्रुमिङ, क्याटवक, शृंगार, जुम्बा, हस्पिटालिटी मेनेजमेन्ट, फेसन, आर्टजस्ता विषयमा एक महिना लामो प्रशिक्षण लिइरहेका छन्।
पेजेन्ट निर्देशक निशुकान्त झाका अनुसार चौथो संस्करणको यो प्रतियोगितामा मानव बेचबिखनविरुद्धको अभियान समेत सञ्चालन गरिनेछ भने यस वर्षको विजेताले सिंगापुरमा आयोजना हुने मिसेस इन्टरनेसनल–२०१८ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्। विजेताले पुरस्कारस्वरूप स्कुटर पनि पाउनेछिन्।
प्रतियोगीतामा विभिन्न पेसा तथा गृहिणी जीवन बिताइरहेका महिलाहरुले प्रतिस्पर्धा गर्दै छन्। भाग लिने प्रतियोगीहरुमा नर्मदा सोराली, रविना परियार, सरस्वती थापा, शान्ति बडे, बीना मगर जोशी, शर्मिला श्रेष्ठ, नम्रता गिरी, अर्चना रिमाल, रश्मि थापा, प्रमिक्षा पोखरेल, मनीषा पाण्डे, रिज्जी सेढाई, प्रियंका खनियाँ, विष्णु राना, अनिला महर्जन, तेजमाया लिम्बू, चन्दा थापा गिरी, अनीता विश्वकर्मा, सृष्टि महर्जन, दीपा थपलिया, सबिता देउला, सुक्ति खनाल, लक्ष्मी लिम्बू, प्रतिमा शर्मा, स्मृति श्रेष्ठ, मनीषा राजथला, जुनु शर्मा, रूपा शिवाकोटी, केशरी ढकाल, विमला नुगो लिम्बू, दीपिका बर्मा, अनीता विमली, श्रीलक्ष्मी श्रेष्ठ थापा, मिलन शाह, राधा रिमाल र सपना प्रधानांग रहेका छन्।
यसअघिका प्रतियोगितामा सबिता लामिछाने, अनुपमा राई र सुरुचि पाण्डे मिसेस नेपाल इन्टरनेसनल भएका थिए। प्रतियोगिताको संयोजन रेनु सेन्चुरी र सम्राट् शाहले गर्दै आएका छन्।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #फेसिअल हाउस
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्