Techie IT
बिहीबार, असोज १५,२०७७

केन्द्रिय अन्लाइन रोधी ब्यवस्थापन संघको अगुवाइमा भदै १ गते बाट दोहोरी साँझको बिमा गरिने


शक्ती प्रज्वल घिमिरे

काठमाडौ । केन्द्रीय अन्लाईन रोधी ब्यवस्थापन संघ नेपालले यही भदौ १ गतेबाट बिमाको ब्यवस्था गर्ने भएको छ । मिति २०७५/०४/२६ गते बसेको संचालक समितिको बैठ्कको निर्णय अनुसार सो योजना अघि सारीएको संघका अध्यक्ष नारायण खड्काले बताए । बैठकमा विभिन्न बिषयमा छलफल भयो र मुख्य तया प्रत्यक महिना रोधी अनुगमन र उत्कृष्ट रोधी र कलाकारलाई सम्मान पत्र र नगद पुरस्कार को ब्यवस्था गर्ने र सस्था सग आबद्ध हुने ब्यक्ती, रोधी, संघ सस्था, क्लब साथै दोहोरी साझ हरुलाइ यहि भाद्र १ गते बाट इन्स्योरेन्स गरिने ब्यवस्था गरिएको खड्काको भनाइ छ ।

अन्लाईन रोधी ब्यवस्थापन संघ मा आबद्ध भएका रोधीहरु र सदस्यहरुले मापसे, सोसाइट गरेर मृत्यु भएका बाहेक अरु काल गति र एक्सिडेन्ट् भएर मृत्यु हुने हरुलाइ सो् सस्था बाट ५ लाख उपलब्ध गरिदिने निर्णय भएको संघका महासचिब सगुना भितृकोटीले जानकारी दिए ।

 


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #अन्लाइन रोधी ब्यवस्थापन संघ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!