सन्तोष गुरुङको निर्देशन रहेको गीत ‘यो जिन्दगी’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौं – गायक तथा संगीतकार सन्तोष गुरुङको निर्देशनम यो ‘जिन्दगी घुमाउरो बाटो जस्तो’ गीत सार्वजनिक भएको छ । हाईलाईट नेपाल मार्फत सार्वजनिक गरिएको गीतमा लोपुन्मुख लेप्चा जातिका प्रथम कथाकार झापा बुद्धशान्ति ७ का वाङ्गचु लेप्चा (सुमन) को शव्दमा रचित गीतमा नेपाली ताराको टप टेनमा पर्न सफल झापाली गायक तारा लक्सम लिम्बुले स्वर दिएका छन् । संगीत दिपेन याक्थुम्बाको रहेको छ ।
क्यानभासप्लस मल्टीमिडियाले उत्पादन गरेको म्युजिक भिडियोको सम्पादन गायक गुरुङले नै गरेका छन् । रोसन श्रेष्ठले छायांकन गरेका भिडियोमा रेखाफागु लिम्बू, बिक्की कार्की, निरुता लिम्बू र गीतकार वाङ्गचु लेप्चाको अभिनय रहेको छ ।
लेप्चा जातिका प्रथम कथाकार वाङ्गचु लेप्चा (सुमन) ले समाजका हरेक क्षेत्रलाई समेटेर बिभिन्न लेख, कथा, गित साहित्य लगायत क्षेत्रमा कलम चलाउदै आउनु भएको छ । प्रेम कथालाई आधार मानेर तयार गरिएको भिडियोमा मेकनिकल काम गर्ने कामदारको जिन्दगीमा आएको घटनालाई समेटिएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #यो जिन्दगी
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्