गितकार जगतमर्दन थापा र उषा मंगेशकरको आवाज रहेको म पतझड तिमी मधुमास सार्बजजिक

काठमाडौँ । गायक तथा गितकार जगतमर्दन थापाको उषा मंगेशकरसँग युगल गायन रहेको म्यूजिकल एल्बम सार्बजनिक भएको छ । गायक थायाको ८३ बर्षको उमेरमा गाउँने रहर पुरा गरे छोरा मोहित मर्दनले ।
अनवरत साधना तथा गहिरो इच्छा शक्ती भए जीवनमा अपत्यारिलो गन्तव्य पनि तय गर्न सकिन्छ भन्ने कुराको प्रमाण सहित जीवनको ८३औ वसन्तमा एल्बम म पतझड तिमी मधुमासू राजधानिको नेपाली चुलोमा भब्य समारोहबिच सो गिति एल्बम सार्बजनिक गरिएको हो ।
९९ वर्षिय शताब्दी पुरुष सत्यमोहन जोशी तथा गितकार निर्देशक चेतन कार्कीले समुत्त रुपमा विमोचन गरेको गिति एल्बममा ८३ वर्षिय गायक जगत मर्दन थापा र ८४ वर्षिय चर्चित भारतीय गायिका उषा मंगेसकरको सुमधुर आवाज रहेको म्युजिक भिडियोको विमोचन सम्भुजित बास्कोटाले गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथि सत्यमोहन जोशीले सो बिमोचन समारोह एतिहासिक रहेको बताए ।
एतिहासिक यस मानेमा कि गितकार निर्देशक चेतन कार्कीले विमोचन गरेको र अपत्यारिलो ८३ वर्षिय गायक जगत मर्दन थापा र ८४ वर्षिय चर्चित भारतीय गायिका उशा मंगेसकरको गायन रहेको म्युजिक भिडियो सहित एल्बम विमोचन कार्यक्रम नेपाली गितसंगितको ईतिहास बोकेका गायक थापा र उनका समकालिन वरिष्ठ गायक तथा सर्जकहरुको बाक्लो उपस्थिती बिच हुनु नै एतिहासिक पल हो ।
साधना भए उमेरले पनि छेक्दैन र असल पुत्र भए इच्छा शक्ती पुरा गर्न पहाडअले पनि रोक्दैन । छोरा मोहित मर्दन थापा आफ्नो बुवाको संगितप्रतिको हर चाहना पुरा गर्न कम्मर कसेर लागेका छन ।
आफ्नो पुत्र रत्नको हरपलको सहयोग परिवारको अथाहा प्रोत्साहनले गर्दा संगित र साधनाले आज सम्म युवा रहिरहनु भएका गायक थापा नेपाली संगित जगतका जिउँदो ईतिहास बोकेका गायक हुन ।
आफ्नो जीवनकालमा आशाको दियो बालेरू तथा भन लौ नढाटीू जस्ता कर्णप्रीय तथा सदावहार गित मार्फत नेपाली आधुनिक संगित फाँटमा सदा अजर अमर रहने गित मार्फत बाचिरहेका गायक थापाको अर्को एउटा कर्णप्रीय गिती एल्बमर यस एल्बमको पहिलो गीत म पतझड तिमी मधुमासू ५२ वर्ष अघी उषामंगेसकर सँग गाउँने चाहना अधुरो राखेका गायकले ८३ वर्षको उमेरमा लाइभ म्युजिक सहित सुमधुर प्रस्तुती दिएर आफ्ना नाती र नातिनाको गीतारको साथ सहित सबै संगितप्रेमिहरुको वाही वाही र समकालिनहरुको आत्मिय माया बटुल्न सफल भए ।
दिनेश डिसीको उद्घोषणामा सचालन भएको कार्यक्रम मोहित मर्दन थापाको निर्माणमा बनेको म्युजिक भिडियो गायक थापा गायिका मंगेसकर र दिनेश डिसी र संचिता लुइटेलको अभिनय रहेको छ भने शिखर सन्तोष को संगीत र सहदेब ढुगांनाको रचना रहेको छ । ।
रमाइलो भिडियो हेर्नुहोस
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #जगतमर्दन थापा, #म पतझड तिमी मधुमास
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्