२० औँ साहित्य शृङ्खला सम्पन्न बर्दिवास

– जीवनराज दाहाल ( बर्दिवास )
यही मिति 2077 साल फागुन 8 (आठ) गते शनिबारको दिन बर्दिवास साहित्यिक-साँस्कृतिक प्रतिष्ठानको 20 औं (बिसौं) शृङ्खला यस प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल (विपुल) को अध्यक्षतामा र प्रतिष्ठानको सचिव यशोदा श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको छ ।
यसैगरी शृङ्खलालाई शुभकामना दिने स्रष्टाहरुमा प्रलेस महोत्तरीका अध्यक्ष एवम् प्रतिष्ठानको उपाध्यक्ष जीवनस्पर्शी, कोषाध्यक्ष पवन वाग्ले, बर्दिवास छन्द चौतारीका अध्यक्ष अग्निकवच यस प्रतिष्ठानको आख्यान विभागका सदस्य सानीमाया पुलामी हुनुहुन्थ्यो । उक्त कार्यक्रममा प्रलेसका केन्द्रीय सदस्य एवं प्रलेस प्रदेश नम्बर 2 का अध्यक्ष पार्थ सारथि पनि सहभागी हुनुहुन्थो । उक्त शृङ्खलामा विभिन्न लयका कविता, गजल र मुक्तक वाचन गरिएका थिए ।
यस शृङ्खलामा रचना वाचन गर्ने स्रष्टाहरूमा विजय कालीकोट, कञ्चन गिरी, आकृति श्रेष्ठ, जेनिशा थापा, पवन वाग्ले, सानीमाया पुलामी, अग्निकवच, यशोदा श्रेष्ठ, जीवनस्पर्शी र आर सी पौडेल (विपुल) हुनुहुन्थ्यो ।
यसैगरी प्रतिष्ठानको 20 औँ (बिसौं) शृङ्खला भव्य र सभ्य रुपमा सम्पन्न पार्न सहभागी हुने विद्यार्थी तथा अन्य सहभागीहरुमा दीपचन्द्र मण्डल, ज्योति बराइली, नीता बलप्पाकी, मेनुका मगर, सुस्मिता मगर, प्रशान्त खड्का, सुदिप आचार्य, ऋषि साह, कपिल फुयाल, सुलभ कार्की, सन्ध्या श्रेष्ठ, दीप तामाङ, नेहारीका खनाल र प्रयास साही लगायत सम्पूर्ण उपस्थितिलाई प्रतिष्ठानका अध्यक्ष आर सी पौडेल (विपुल)ले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्