गायक विनोदको एकल महिलाको कथामा आधारित गित ‘पार्वती’ (हेर्नुहोस् भिडियो )

पछ्यौरीको फेरोले आँसु पुछ पार्वती
सिंगो जीवन बाँकी छ हाँस्न सिक पार्वती
कवि तीर्थ श्रेष्ठको शब्दलाई समेटेर गायक विनोद बानियाले नयाँ गीत बजारमा ल्याएका छन् । एकल महिला माथि तयार पारिएको यो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
एकल महिलालाई प्रोत्साहन तथा सम्मान बढाउने गरी बजारमा आएको भिडियो यतिबेला चर्चामा छ । हालैसालै सार्वजनिक यो गीतमा आसुँमा डुब्ने र एक्लो महसुस गर्ने होइन, हाँस्न र बाँच्नका लागि संसार ठूलो छ भन्ने भाव व्यक्त गरिएको छ ।
हरि लम्सालको संगीत रहेको यो भिडियो यतिबेला युट्युबमा समेत मन पराइएको छ । यो गीतको भिडियो रचना गर्भले बोलेजस्तै गरी बनाइएको छ । गायक बानियाले जनजिब्रोमा झन्डिने गरी गीत गाएका छन् ।
केही समयपछि नयाँ भिडियोसहितको गीत सार्वजनिक गरेका गायक बानिया गीत स्तरीय बनेको बताउँछन् । ‘यो एकल माहिलामाथि लेखिएको गीत हो,’ गायक बानियाले भने, ‘सबै एकल आमा र एकल महिलाहरुको समर्पणमा यो गीत तयार पारिएको हो ।’ भिडियो हेरेर भावुक भएको धेरैले प्रतिक्रिया दिएका छन् ।
एक पटक खुसी खोसिएपछि दुखी भइरहनु पर्दैन र फेरि खुसी आउन सक्छ भन्ने भावमा गीत बनेको बताउँदै कवि तीर्थले भने, ‘गायक बानियाले गीतलाई न्याय गरेका छन् । भिडियो पनि एकल महिलाको संवेदनालाई न्याय गर्दै बनेको छ ।’ यो गीत लमजुङको भुजुङ गाउँमा देखिएको दृश्यले जन्माएको कवि श्रेष्ठले बताए ।
कहिले देशभक्ति, खेलकुद, रोमान्टिक त कहिले प्रेम रसका गीत पस्कीरहने बानियाले यसपटक पनि उस्तै फरक र मौलिक स्वादको गीत पस्किएका छन् ।
दुई दशकदेखि संगीत कर्म गरिरहेका गायक बानियाले चर्चामा रहेको ‘म त बलेनीमा’ गीतपछि यो गीत बजारमा ल्याएका हुन् । यसअघि उनको मान्छे, डाउड, प्रोफाइल एल्बम बजारमा आइसकेका छन् ।
एसियन म्युजिकको प्रस्तुति र विभोर पोखरेलले निर्देशन गरेको भिडियोमा विकास लामिछाने, सिर्जना जिसी, अनील लामिछानेले अभिनय गरेका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #विनोद
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्