कविता गीत लिएर आउँदै

– जीवनराज दाहाल (साझापाना)
प्राय: सामाजिक सेवामा सक्रिय महोत्तरी बर्दिवास निवासी कविता दाहालले आफ्नो गीती कोसेली ‘दाहिने हातको साइँली औंला किन सजाइराछौ’ गीत बजारमा लिएर आउनुभएको छ ।
साहित्य लेखन, गीत संगीतमा सानै देखि रहर हुनुभएकी कविताको यस गीतमा विकास चौधरीको संगीत र रचना रिमालको स्वर रहेको छ । गीत कविता लेखनमा रुचि राख्ने दाहालको यो गीत भने रेकर्ड भएको पहिलो गीत हो । यस गीतको लगत्तै उहाँले आफ्नै शब्द स्वरमा भजनका गीतहरू पनि बजारमा ल्याउने तयारी गरिरहनुभएको छ ।
महोत्तरी बर्दिवास निवासी दाहाल भन्नुहुन्छ, “अब म बिस्तारै मेरा रचनाहरूलाई गीत मार्फत रेकर्ड गराएर दर्शक श्रोतामाझ पुर्याउनेछु । मेरा धेरै साहित्यिक रचनाहरू छन् क्रमश: रुपमा एकपछि अर्को गर्दै दर्शक श्रोतामाझमा ल्याउने छु ।” आफ्नै कविता दाहाल नामक युट्युब च्यानलबाट ‘दाहिने हातको साइँली औंला’ गीतलाई सार्वजनिक गर्नुभएको श्रष्ठालाई सफलताको धेरै धेरै शुभकामना ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४राष्ट्रिय एकता
- ५आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्