धनगढीमा सम्पन्न ‘लिटिल एण्ड टिन फारवेस्ट नेपाल २०२१’ को उपाधि एन्जल, आशिका र सन्दीपलाई

धनगढी — माघ ५, २०७७।
न्यू राईज इन्टरटेनमेन्टको आयोजनामा धनगढीमा सम्पन्न भएको ‘लिटिल एण्ड टिन फारवेस्ट नेपाल २०२१’ को उपाधि एन्जल घिमिरे, आशिका शाह सन्दीप चौधरी ले जित्न सफल भएका छन्।
एन्जलले मिस लिटिल फारवेस्ट नेपालको उपाधी हात पार्दा आशिकाले मिस टिन फारवेस्टको उपाधी आफ्मो हातमा पारिन। त्यसैगरी मिस्टर टिन फारवेस्टको उपाधी सन्दीपले हात पार्न सफल भए।
सुदूरपश्चिम प्रदेश पर्यटन ईकाइ प्रमुख भोजराज पाठकको प्रमुख आतिथ्यता तथा नाङ्ग्लो क्याफेका संचालक वहादुर कार्कीको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा फर्स्ट रनरअपको उपाधी आरुषी शाहले पहिरिदा अर्गनाईजर चोईस तर्फको अवार्ड एलिजा देउवाले हात पारेकी थिईन।
प्रतियोगिताका बिजेताहरुले उपाधीको साथमा बिभिन्न गिफ्ट ह्याम्परसंगै विभिन्न कम्पनिको ब्राण्ड एम्बस्डर तथा म्युजिक भिडियोहरुमा अभिनय गर्न पाउने कुरा कार्यक्रमका आयोजक कमल देउवाले जानकारी गराएका छन्।
पुजा सिंह र सागर सिंहको कोरियोग्राफी रहेको ‘लिटिल एण्ड टिन फारवेस्ट नेपाल २०२१’ को निर्णायकमण्डलमा रजनी केसी, ऐश्वर्य क्षेत्री र रितिका गुरुङ्ग रहेका थिए।
कला संस्कृ्तिको सम्वर्द्दन तथा प्रवर्द्दन गर्ने हेतुले संचालित यस्ता कार्यक्रमले बालबालिकामा सकारात्मक प्रभाव पार्दै नयाँ प्रतिभाहरु उजागर गर्न आगामी दिनमा समेत यस्ता अन्य प्रतियोगिताहरु संचालन गर्दै जाने आयोजक हिमानी देउवाले जनाएकी छिन।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्