साहित्यकार लक्ष्मी उप्रेतीको “मृत्यु स्पर्श” लोर्कापण

काठमाडौँ । साहित्यकार लक्ष्मी उप्रेतीको संस्मरणको संगालो “मृत्यु स्पर्श” को लोकापर्ण भएको छ । काठमाडौको हार्दीक होटलमा भएको उक्त भब्य समारोह बिच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले घुम्टीखोली गर्दै सार्बजनिक गरेका थिए ।
उक्त कृति सार्बजनिक गर्ने क्रममा उप्रेतीलाई भाषाविद वालकृष्ण पोखरेल, ज्ञानी शोभा तुलाधर, शम्भुजीत बास्कोटा, डा. राजेन्द्र बराल लक्ष्मी उप्रेती, सत्या मल्ल , उषा मैनाली, शान्ति शर्मा, सूर्य बिसी र गीता त्रिपाठीले पनि साथ् दिएका थिए।
नमूना कलेज अफ फेशन टेक्नोलोजी द्वारा आयोजित कार्यक्रममा श्रष्टा लक्ष्मी उप्रेतीलाई आयोजकको तर्फबाट सम्मानित पनि गरिएको थियो। यसै महिना लष् श्रष्टा लक्ष्मी उप्रेतीको जन्म महिना पनि परेकोले उनलाई कार्यक्रममा अन्य व्यक्ति तथा संस्थाका परतिनिधिहरुले खादा ओढाएर जन्मदिनको बधाई तथा सुभकामना पनि दिएका थिए।
लक्ष्मी उप्रेदीको जिन्दगीको बाटो म्यूजिक भिडियो सार्बजनिक
कार्यक्रममा लक्ष्मी उप्रेतीको शब्द, बुलु मुकारुंगको संगीत र विश्व नेपालीको स्वरमा सजिएको गीतको भिडियो पनि सार्बजनिक गरिएको थियो। उक्त भिडियो कार्यक्रमका विशेष अतिथि नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बास्कोटाले स्विच थिचेर सार्बजनिक गरेका थिए।उक्त म्युजिक भिडियोको निर्देशन पुकार तिमल्सिनाले गरेका हुनभने क्यामेरामा मोहन अधिकारी रहेका छन्।
म्युजिक भिडियोमा नवोदित कलाकारहरु रामेश्वर ढकाल र अस्मिता भण्डारीले अभिनय गरेका छन्।कार्यक्रममा मन्तब्य व्यक्त गर्ने क्रममा क्यान्सर विशेषज्ञ डा। राजेन्द्र बरालले क्यान्सर भयावह रोग भए तापनि यो निको हुने नसक्ने रोग भने नभयको जसको ज्वलन्त उदाहरणमा लक्ष्मी उप्रेती र ज्ञानीशोभा तुलाधर रहेको बताए। यी दुवै जनाले स्तन क्यान्सरजस्तो बिमारीलाई आफ्नो दृढ इच्छाशक्तिको कारण र परिवारको एथेष्ट सहयोगका कारणले सहजै जितेको कुरामाथि प्रकाश पारेका थिए।कार्यक्रमलाई शम्भुजीत बास्कोटा र गीता त्रिपाठीले पनि सम्बोधन गरेका थिए।
श्रोता र दर्शकले खचाखच भरिएको दर्शक दीर्घातर्फ इंगित गर्दै कार्यक्रमका प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले साहित्यकार लक्ष्मी उप्रेतीको साहित्यप्रतिको लगाव, निष्ठा र योगदानले गर्दा नै आज क्यान्सरजस्तो भयानक बिमारीलाई पनि जितेर उनी पुनस् साहित्य सिर्जनामा अग्रसर भएकोमा बधाई समेत दिएका थिएकार्यक्रमका सभाध्यक्ष ज्ञानीशोभा तुलाधरले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरेकी थिईन भने त्यसपछि उनले क्रमैसंग वालकृष्ण पोखरेल, शम्भुजीत बास्कोटा, डा।राजेन्द्र बराल, गीता त्रिपाठी, बुलु मुकारुंग, विश्व नेपाली, पुकार तिमल्सिना, मोहन अधिकारी, रामेश्वर ढकाल, अस्मिता भण्डारी, अर्चना भण्डारी, गोपी कृष्ण प्रसाई र सत्या मल्ललाई पनि मायाको चिनो प्रदान गरेकी थिईन।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मृत्यु स्पर्श, #लक्ष्मी उप्रेती
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्