हाँस्यकलाकार गोपाल ढकाल ‘छन्दे’ अब भिडियो निर्देशनमा

काठमाडौं-हाँस्यकलाकार गोपाल ढकाल ‘छन्दे’ अबभिडियो निर्देशनमा समेत व्यस्त हुन थालेका छन । हरेक काम फरक ढंगले गर्दै आएका ढकाल आफुले निर्देशन गर्ने म्युजिक भिडियो समेत फरक तरिकाले शुरुवात गरेका छन । सम्भवतः शुभ मुहूर्त कार्यक्रम नै राखेर म्यूजिक भिडियो छायांकन गर्ने पहिलो भिडियो निर्देशक समेत बनेका ढकालले एक साथ दुई गीतहरुको म्यूजिक भिडियोको छायांकन प्रारम्भ गरेका छन । कमलादीस्थित गणेशस्थान मन्दिर परिसरमा बरिष्ठ नृत्य निर्देशक एवं चलचित्र नृत्य निर्देशक राजु शाहको प्रमुख आतिथ्यतामा “शहर”
र “जुन दिन मलाई” बोलको गीतको भिडियोको छायाँकन गर्ने शुभ साईत पारेर नेपाली चलचित्र क्षेत्र,सांगीतिक लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा शुभमुहूर्त कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा निर्देशक माधवराज खरेल,संचारकर्मी राज लुईटेल,पत्रकार सुर्य चन्द,ईभेन्ट डाईरेक्टर सोनितराज ढुंगेल,उदय श्रेष्ठ,महेश आचार्य लगायतको उपस्थिति रहेको थियो । शुभ मुहूर्त कार्यक्रम पश्चात शहर गीतको छाँयाकन शुरु गएिको थियो ।बदलिँदो सहरी परिवेश,मानिसका महत्वकांक्षा,जीवन र जिउने शैलीलाई,सकारात्मक,नकारात्मक अनि यसभित्र नदेखिएका गाठाहरुलाई “शहर”भन्ने गीतले उजागर गरेको बताईएको छ ।“शहर”गीतमा गीतकार बाबुराम राई,कम्पोज एस डि योगी,गायक कृष्ण भट्टराई,एरेन्जर विश्व अधिकारी,श्रृंगार टेकराज पाण्डे,युमिशा पाण्डेको रहने छ भने कलाकारहरुमा नायक शितल केसी, नायक तथा मोडल संजीत भण्डारी,रिया श्रेष्ठ,रामेश्वर बुर्लाकोटी लगायत रहने छन् । शहर गीतको लागि हप्तादिनको छायाँकन काठमाण्डौँको सेरोफेरोमा हुने निर्देशक ढकालले जानकारी दिए ।
त्यसैगरि, अर्को निर्माण हुने भिडियोको गीतका गायक कृष्ण राज भण्डारी रहेको छन ।माया गर्नेले बोलिमा मात्र होईन ब्यवहारमा पनि लागू गरेर देखाउनुपर्छ, भन्ने कथनलाई “जुन दिन मलाई” भन्ने गीतको शव्द रचना पनि गायक स्वयंकै रहेको छ । यस भिडियोमा पनि नायक तथा मोडल संजित भण्डारी रहेका छन भने उनलाई नायक श्रीदेव भट्टराई,चन्दा कुईकेल,प्रेम पाण्डे लगायत कलाकारले साथ दिने छन् । गीतको काठमाण्डौँ लगायत काभे्रको रमणीय स्थलहरुमा छायाँकन हुनेछ ।दुईवटै गीतमा निर्देशन गोपाल ढकाल ९छन्दे०,छायाँकन हर्कमान वाईवा९रिदम०,सम्पादन तारा थापा किम्भेको रहनेछ भने पोष्ट प्रोडक्सन एभरग्रिन वल्र्डवाईड ईन्टरटेन्मेन्टबाट हुनेछ । दुवै गीत चांडै नै निर्देशक ढकालको आफ्नै च्यानल ‘छन्दे’ बाट सार्वजनिक गरिने उनले बताए ।
क्याटेगोरी : मनोरञ्जन
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ६चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ७टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्