फागुनमा हुने नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (निफ) को चौथो संस्करण बैशाख २३ देखी हुने

काठमाडौं। हरेक बर्ष फागुनमा हुने नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (निफ) को चौथो संस्करण तत्कालका लागि स्थगित गरिएको छ ।
फागुन महिनाको १२देखि १६ ,फेब्रुअरी २४ देखि २८,२०२१ सम्म काठमाडौंमा गर्ने भनी घोषणागरिएको फेस्टिभल कोरोना महामारीका कारण निर्धारित मितिमा हुन नसक्ने भएकोले आगामी बैशाख २३ देखी २७,२०७८ (May 6-10) मा हुने आयोजकले जनाएको हो ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानकोआयोजनामा वर्षेनी हुँदै आएको फेस्टिभलको नयाँ मिती तोकिएकोआयोजक संस्थाका अध्यक्ष केपी पाठकले विज्ञप्ति मार्फत जनाएका छन् ।
आयोजकले पूर्व निर्धारित मितिमा फेस्टिभल गर्ने गरी विश्वभरका फिल्ममेकरबाट फेस्टिभलमा सहभागिताका लागि आवेदन पनि खुला गरेको थियो । २०२० को जुलाई १ देखि नोभेम्बर ३० सम्म तोकिएको समयावधिमा ५२ देशका ४ सय बढी फिल्मले सहभागगिताका लागि आवेदन दिएको आयोजकका संस्थाका अध्यक्ष केपी पाठकले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
यसरी प्राप्त फिल्ममध्येबाट छानिएका फिल्मको सूची फागुन ८ (फ्रेब्रुअरी २०,२०२१) मा सार्वजनिक गरिने पनि संस्थाका अध्यक्ष केपी पाठकले जनाएका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्