स्रष्टा सर्जकले रोयल्टी पाउनुपर्छ-मन्त्री बास्कोटा

नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रबिधि मन्त्री गोकुल बास्कोटाले कानूनले तोके अनुसार स्रष्टा सर्जकले रोयल्टी पाउनुपर्ने बताएका छन् । मन्त्री बास्कोटाले गीत संगीतको सार्बजनिक प्रयोग बापत स्रष्टा सर्जकले पाउनु पर्ने रोयल्टी सर्जकको अधिकार भएको बताएका छन ।
गीतसंगीतको प्रयोग गरेर सबैले खुशी मनाउने तर स्रष्टा सर्जकहरु भोकभोकै मर्ने काम हुनुहुँदैन, मन्त्री बास्कोटाले भने – कसैले पनि यसलाई प्रतिष्ठाको बिषय नबनाई कानुनले तोके अनुसार स्रष्टा सर्जकले पाउनु पर्ने रोयल्टी प्रदान गरी प्रतिलिपि अधिकार र स्रष्टाको सम्मान गर्न जान्नुपर्छ ।
मन्त्री बास्कोटाले संगीत क्षेत्रलाई पनि ठूलो उद्योगको रुपमा बिकास गरिनु पर्ने बताए ।
संगीत रोयल्टी संकलन समाज नेपाल, प्रस्तोता समाज नेपाल, संगीत उत्पादक समाज नेपाल, सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ यसोशियसन अफ नेपालबीच भएको सहमती अनुसार सामुदायिक रेडियो प्रसारक संघमा आबद्ध सबै रेडियो र ब्रोडकास्टिङ एसोशियसन नेपालसंग आबद्ध रेडियोहरुले प्रसारण क्षमता ‘वाट’ अनुसार गीत संगीतको सार्बजनिक प्रयोग बापत बार्षिक पच्चिस सय रुपैया देखि बाह्र हजार रुपैया सम्म रोयल्टी तिर्नेछन ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #रोयल्टी, #स्रष्टा सर्जक
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्