गन्तव्य नेपालको तेस्रो गीति एल्वम ‘पर्यटनमै भविष्य’ बजारमा (भिडियोसहित)

काठमाडौं । गन्तव्य नेपाल ग्रुपले तेस्रोे गीति एल्बम बजारमा ल्याएको छ । संगीतको माध्यमबाट मुलुकको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सदाबाहर गीति एल्बम ‘पर्यटनमै भविष्य’ बजारमा ल्याएको हो ।
जसमा नेपालको कला, संस्कृति, भेषभुषासहित अन्य पर्यटकीय सम्भावनाहरुको चर्चा गरिएको छ । सो गीतको माध्यमबाट पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ । साथै पर्यटन सम्बन्धि गाँउ–गाँउसम्म सचेतना जागृत गर्नका लागि पनि गीतले मद्दत गर्ने अपेक्षा लिइएको छ ।
गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी (अविरल)को शब्द रहेको गन्तव्य नेपाल नामक उक्त गीतमा रानु निरौला र राजनराज शिवाकोटीले स्वर दिएका छन् भने राजनराज शिवाकोटीले नै संगीत भरेका छन् ।
ग्रुपले यसअघि सन् २०११ मा पर्यटन वर्ष सफल बनाउन पनि ‘सफल पारौं पर्यटन वर्ष’ नामक बोलको गीत बजारमा ल्याएको छ । त्यसपछि ‘गन्तव्य नेपाल’ नामक दोस्रो गीति एल्बम बजारमा ल्याएको थियो । उक्त दुवै गीत पर्यटन बजारमा निकै रुचाईएको थियो । त्यसकारण तेस्रो गीत पनि निकै चर्चित बन्ने अपेक्षा लिएको ग्रुपले जनाएको छ ।
https://www.youtube.com/watch?v=NXMdWDSKPQ4&feature=share
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्