Techie IT
बुधबार, असोज ७,२०७७

हाँस्य कलाकार बट्टारे कान्छो बाँधिए वैवाहिक जीवनमा


रामेश्वर ढकाल , नुवाकोट

काठमाडौं । नेपाली हाँस्यकलाकारहरुको चर्चित हाँस्य कलाकार बट्टारे कान्छो ‘सन्देस लामिछाने’ आजदेखि वैवाहिक जीवनमा बाँधिएका छन् । कोरोना महामारीको बेला सामाजिक दूरी कायम गरेर विवाह सम्पन्न गरिएको थियो । लिखु गाउँपालिका–१, ढिकुरे नुवाकोटका लामिछानेले पनौती नगरपालिका–२, कुशादेवी काभ्रेको युनिका लुइटेलसँग विवाह बन्धनमा बाँधिएका हुन् ।

कलाकार लामिछानेको वैवाहिक कार्यक्रममा हाँस्यकलाकार तथा पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा सफल दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’ लगायतका कलाकारहरुको टिम नै जन्ती गएका थिए । उनिहरुले दुलाहा–दुलहीलाई खादा लगाएर वधाई दिएका थिए । सामाजिक दूरी कायम गरी गरिएको विवाहमा हाँस्यकलाकार सन्देस लामिछानेले आफ्नो नवदुलहीलाई जग्गेमा माला सहित माक्स लगाईदिएका थिए ।

कोरोना महामारी र निषेधाज्ञाको समय भएकाले लामिछानेले ८–१० जना मात्र जन्ती लिएर दुलही घर गएका थिए । वैवाहिक जीवनमा बाँधिएका लामिछानेले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै भनेका छन् – “मेरो जीवनमा वैवाहिक कार्यक्रमले कलाकारिताको क्षेत्रमा अघि बढ्न अझै मद्दत, नयाँपन र हौसला पुग्नेछ । पछिल्लो समय लामिछानेले दिपक–दिपाको चर्चित मुभिहरुमा पनि अभिनय गर्नुभएको थियो ।

उनले आफ्नै युट्युव च्यानल “म अगाडी बढ्न चाहन्छु” मार्फत् ९ टंकी मार्फत् नेपाली सर्ट कमेडी मुभिहरू बजारमा ल्याएका छन् । उनको युट्युव च्यानलमा  भाइरल ९ टंकीको भाग–११ सम्मका सर्ट कमेडी मुभिहरू अपलोड भएका छन् ।


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #बट्टारे कान्छो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!