Techie IT
बुधबार, असोज १४,२०७७

सम्झनामा राष्ट्रकवि र गौरी शोककाव्यको त्यो कविता


फकीर मस्तमौलाना

४ भदौ,

 

तिम्रो अन्तिमको शिँगार सँगिनी १ कात्रो कसोरी भनूँ।
तिम्रो निम्ति दिइन्छ पात्र जुन त्यो ‘टीलो’ कसोरी भनूँ।।

गाली होइन, किन्तु भन्नु कसरी यो अन्न बुर्की भनी।
मुर्दानी, कसरी भनूँ, जुन तिमी मेरी थियौ जीवनी।।

 

स्कुले जिबनमा हजुरीले लय हालेर पढेका यि माथिका हरफहरु अझै पनि मेरा कानमा उसैगरी बजिरहन्छन ।

यि शब्दहरुको लयात्मकता र भावनाले कौतुहलताको सिमाना नागेपछी मैले हजुरीसंग मागेर पहिलो पल्ट गौरी पढेको थिए । त्यो किताब मेरो लागी नौलो थियो तर त्यसमा भएका धेरै पंक्तिहरु मैले बारम्बार सुनेका थिए अनि ति मर्मस्पर्शी शब्दका शब्दकार रास्ट्रकवि माधब प्रसाद घिमिरे पनि मैले सुनिसकेका नाम थिए ।

मैले आफ्नै तालमा एकपटक त्यो पातलो किताब छिचोले पछि मलाई लाग्यो यो संसारकै सबैभन्दा बेदनाले भरिएको किताब हो। त्यो पुस्तकका हरेक पंक्तिहरु त्यतिबेला मलाई अत्यन्तै प्रिय लाग्थे र आजसम्म उत्तिकै प्रिय लाग्छन ।

 

६ कक्षामा पढ्दा हुनुपर्छ स्कूलमा शुक्रबार नेपाली शिक्षक खगेन्द्र भट्टराईले आइतबार आउदा सबैले एक एक ओटा कबिता लेखेर ल्याउने भनेर गृहकार्य दिनुभयो ।मैले घरमा धेरै कविता लेख्ने कोशिस गरे। सम्झनामा रास्ट्रकवि र गौरी शोककाव्यको त्यो कविता देश , बा ,आमा ,जङ्गल ,पहाड ,पर्बत ,खोला ,खहरा सबै सम्झेका शिर्षक सकिए तर कविता बनेन ,बनेको कविता मलाई कविता जस्तो लाग्दै लागेन ।

पुल्टिनको मट्टितेल सकियो ,धेरै दिन हाल्फटाइममा मोजाको भकुण्डो खेल्ने कापीका पाता सकिए तर अँह कविता पुरा भएन । कविता पुरा नभएको पिर एकातिर अर्कोतिर अझ सरको स्याबास पाउने आशामा परेको तुषारापात ,म निरास भएर सुत्न आटेको के थिए मैले सिरान निर एउटा खैरो गाता भएको पातलो किताब देखें ,यसो तानेर हेरेको उहि हजुरीको प्रिय गौरी । शिक्षकको स्याबासी र साथिभाइको वाह ,वाहि पाउने आशामा तुषारापात परेर रन्थनिएको मेरो दिमागले तुरुन्तै एउटा कुर्ते आइडिया निकाल्यो । मैले किताब बाट एउटा कविता जस्ताको तस्तै कापीमा सारे तर कविता सारी सकेपछी एउटा मनले भन्यो यो सुरुको कविता कसैले पढेको नि हुनसक्छ त्यसैले तँ पक्राउ पनि पर्न सक्छस तुरुन्तै अर्को मनले समाधान बतायो बीच तिरको कविता सारेर लैजा कसैले पढेकै भएनी बिर्सिसकेको हुन्छ तँ पक्राउ पर्दैनस पहिलो मनले तुरुन्तै हो मा हो मिलायो र मैले पहिला सारेको कविताको पातो च्यातेर मिल्काए र तुरुन्तै बीचबाट एउटा कविताको मध्यभाग सारे।

 

बेहानीपख सूर्यले शिखरमा सिन्दूर हालेसरि
आधारात सितारमा हृदयको आलाप थालेसरि

पैलो पीर्ति छ – फर्किएर दिलमा संसार बिर्सेसरि
धर्तीमै अमरावती शहरको आनन्द सिर्जेसरि

 

खोज्थ्यो प्रीतम भन्न भन्नु कतिकी राम्री तिमी भनी
लोलिन्थयो तर मुस्कुराइ उसका आँखा उज्याला बनी

माया लाग्छु भनूँ भनूँ सरि थिइन् लज्जावती त पनि
आनन्दी व्यवहारमै हृदयका बोल्थे हजारौंँ ध्वनि

 

लागेथ्यो अपराध भैष हृदयमा आमा र बा बिर्सिई
चाहेथे कति बार जान हरिया पाहाडमै फर्किई

नीला बादल उठ्तथे विरहको छाया उतारीकन
वर्षा तीन बिते परन्तु कहिल्यै सत्तैनथे छुट्टिन

 

र माथि दाँयातिर ठूलो अक्षरमा

नाम लेखे

कवि सुजन खतिवडा

अनि दुवै मनलाई सम्झाई ,बुझाई आश्वस्त पारेर दुबिधा युक्त हर्षित् भाबमा पुल्टिन निभाएर सुते ।

आइतबार बिहानै उठेर स्कूल पुगे देखि एउटै कुराले दिमाख घुमाई राख्यो ,कतै पक्राउ पर्छु कि वा सरले यो कविता नबुझेर अरुनै कोहि उत्कृष्ट हुने हो कि यस्तै यस्तै प्रश्नले जेलिएर स्कुलको तिन घन्टी बिताउन मलाई तिन बर्ष बिताए भन्दा कठिन भयो । अन्त्यमा चौथो घन्टी पढाउन खगेन्द्र सर कक्षा कोठा भित्र छिर्नु भयो हामि सबैले उठेर अभिबादन गरेपछि सरले क कस्ले कविता लेखेर ल्यायौ भनेर सोध्नुभयो ,कक्षामा त्यस्तै सात,आठ वटा हात उठे होलान ।

सरले म तिर फर्केर नाति सबैको कपि जम्मा गर भनेर आदेश दिनुभयो ,मैले हात उठाएका धुरन्धर कवि हरुको कापी जम्मा गरेर आफ्नो कापी ति उठाएका कापीहरुको बिच्च तिर हालेर सरलाई दिए ।

सरले पालैपालो सबैका कपि हेरेर दुइओटा कापी राखी अरु सबै मलाई फिर्ता गर्न दिनुभयो । मैले आएका कापीमा हेरे आफ्नो कापी छैन सोचे पक्कै प्रथम वा द्वितिय भएको हुनुपर्छ । मनमनै खुशी भए फेरी एकमनले सोचे बा पक्राउ पो परेकी फेरी अर्को मनले सान्त्वना दिएँ पक्राउ परेको भए त् पोल खुलिसक्नु पर्ने यस्तै यस्तै सोच्दै फिर्ता कापी बाढेर आफ्नो ठाउमा गइ बसे । सरले बाँकी रहेका दुइटै कापीका कविता जाँची सकेर सम्झना थापा र मलाई अगाडी बोलाउनु भयो सम्झना थापाले सुरुमा कविता पढिन उनको कविताको शिर्षक थियो मेरो देश नेपाल ।

जब मेरो पालो आयो म कापी पक्डेर कविता पढ्न खोज्छु मेरो कविताको त् शिर्षक नै छैन । हडबडमा बीच बाट कविता सार्दा मैले कविताको शिर्षकनै राखेको रहेनछु! मैले सिधै शिर्षक बेगरको कविता सुनाए । मैले कविता सुनाई सकेपछी सरले मुस्कराउदै सम्झनाको कविता उत्कृस्ट भएको घोषणा गर्नभयो र उनलाई बधाई दिएर बस्न पठाउनु भयो ।

एक्कासी मेरो सातो गयो ,मैले अड्कल काटे म पक्का पकडाउ परे । सरले म तिर फर्केर सोध्नुभयो नाति कसले सिकाईदियो यो कविता?

म कालो निलो भएर घोप्टे मुन्टो लाएर उभिरहे ।

उहाँले स्वर अलिक सारो गरेर प्रश्न दोहोर्याउनु भयो ।

मैले क्षमा याचनाको भावमा रुन्चे स्वरले भएको सबै घटना हु बहु सुनाए, त्यसपछि उहाँले त्यो कपि मागेर मलाई बस भन्नु भयो । पुरै क्लासको सामुन्ने चोरी पकडाऊ परेको म लाजले रातो ,पिरो भएर पुरै घन्टी घोप्टे मुन्टो लाएर बसे । त्यसपछि सरले त्यो कविता बाचन गर्दै। भन्नुभयो यो कविता प्रख्यात कबि माधब प्रसाद घिमिरेले लेख्नु भएको हो । यो गौरी भन्ने शोककाब्य को कविता हो ,यो कविता कवि घिमिरेले आफ्नी धर्मपत्नी गौरीको असामयिक निधन भएपछी उहाँको शोकमा डुबेर लेख्नुभएको हो यस्तै यस्तै के के जानकारी दिएपछी सर क्लास बाट जानुभयो म लाजले रातोपिरो हुदै हाल्फ़टाइममै भागेर घर गए।

 

त्यो घटनाको धेरै समयपछि सम्म मैले कविता लेख्ने हिम्मत गर्न सकिन र लेखिहाले पनि बा कसैको संग मिल्छ र दोष लाग्छकी भनेर कसैलाइ देखाउन सकिन । कविता अन्यका कृतिबाट सारिएका वा चोरिएका चर्चा चल्दा आजभोली पनि मलाई त्यहि घटना झल्झली याद आउछ ।

खगेन्द्र सरले बताएको गौरी शोककाव्यको रचना गर्भ थाहा पाइसकेपछी मैले धेरै चोटी गौरी छिचोलेको छु , प्रत्येक पटक मलाई गौरी पढ्दा मान्छेले शोकको भावावेगमा बगेर कति उत्कृस्ट रचना गर्न सक्दो रहेछ भन्ने लाग्छ ।

गौरी पढेपिच्छे मलाई सधै त्यो प्रेम कस्तो थियो होला ? जसले यति शसक्त रचना जन्मायो यो कहानीमा फिल्म बने , प्रेमिल उपन्यास लेखिए आदि आदि ख्याल सधै दिमागमा आइराख्थे । मेरो गौरी प्रतिको प्रेम सधै उत्कर्षमा थियो ,कालन्तरमा मैले कविले अर्को पनि बिहे गरेको छन भन्ने थाहा पाए निकै बर्ष सम्म मेरो मनले त्यो सत्यलाई पचाउनै सकेन म सधै आफैलाई प्रश्न गर्थे मृत्यु पर्यत्न पनि शोकमा डुबेर त्यस्तो उत्कृष्ट शोककाब्य रचना गर्न सक्ने गरि प्रेम भएको मान्छे लैला (मजनु वा हीर राँझा भन्दा कम प्रेमी हुनै सक्दैन ,त्यस्तो प्रेमीले कसरी अर्को बिबाह गर्न सक्छ?

मलाई सधै लाग्थ्यो कविलाइ भेट्दा म जरुर सोध्ने छु मैले सशरीर कविलाई तिन, चार पटक भेटे होला ,एकपटक त् एकछिन भलाकुसारी गर्ने संजोग नि जुरेको थियो तर म उहाँको अगाडी पुग्दा सधै निशब्द हुन्थे ,बिल्कुल चुप ।

उहाँको व्यक्तित्वनै त्यस्तो थियो बिल्कुल उहाँकै यि पंक्ति जस्तो-

 

यो जिन्दगी जति बुझे पनि बुझ्न बाँकी।
नौलो कुरा जति सुझे पनि सुझ्न बाँकी ।।

 

💐💐हार्दिक श्रदान्जली रास्ट्रको प्यारो कवि 💐💐


क्याटेगोरी : मनोरञ्जन, विचार/अनुभूति
ट्याग : #hot, #mastamaulana, #memory of rastrakawi


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!