Techie IT
मंगलबार, मंसीर १४,२०७८

नारायण रायमाझीको असारे गीत ‘छुपुमा छुपु’ सार्बजनिक (भिडियो सहित)


काठमाडौं –  चर्चित गायक तथा निर्देशक नारायण रायमाझीको लोक भाकाको नयाँ असारे गीत सार्वजनिक भएको छ । ‘छुपुमा छुपु’ बोलको गीत युटुबमा मार्फत सार्वजनिक भएको हो । गीतमा नेपाली मौलिक कला तथा संस्कृति झल्कने शब्द तथा संगीतको प्रयोग गरिको छ ।

यसगीतमा झ्यारो भाका र असार भाकोको सम्मिश्रण गरिएको छ । गीतमा धरति भूमिलाई आफ्नो प्राण वा जीवन ठान्ने किसानहरुको वास्तविकता उतारिएको छ ।हालै सार्वजनिक भएको यस गीतमा असारेमासमा रोपाइ गर्ने, दहीचिउरा खाने, खेतीपातीको दुःख बिर्सेर रमाइलो गर्ने नेपाली मौलिकपनलाई टपक्क टिपिएको छ ।

भिडियो सहित


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #छुपुमा छुपु, #नारायण रायमाझी


तपाईको कमेन्ट लेख्नुहोस्