Techie IT
बिहीबार, कात्तिक ६,२०७७

कवि अहमद साहिलका छोटा कविताहरु


शिर्षक – अपरिचित मित्र

हामी,
दुई जीवन बाँचिरहेका व्यक्ति हौं

नितान्त,
दोहोरो परिवेशमा रूमल्लिएका मान्छे

उनी बसिरहेकी हुन्छिन्
चुरोट पिउदै
आफ्नो बाल्कोनी मा,

उदास मनस्थिति लादेर अनुहार भरि
चुपचाप , स्थिर

र कुनै परिचित जसरी
उनी गहिरो दृष्टिले, म तिर हेरिरहन्छिन्

म भने
उनी बाहेक,वरिपरि विद्यमान
सम्पूर्ण वस्तुहरूलाई वास्ता गर्दछु

सायद,
उनलाई अभाव छ
कुनै घनिष्ठ व्यक्तिको

हामी दुवैको अभावमा समानता छ ।

 

-मृतकको अनुभूति

मलाई जुरूक्क उठ्नुछ
मेरो चिहानबाट

र एकटक हेरिराख्न मन छ,
यो मृत संसारलाई एकपटक
पुनः

म पछि,
को को ठहरै मरे?
कति प्राणहरू शेष?
अन्तिम स्वास फेरिरहेका छन्

कस्का लागी?
बन्दोबस्त मिलाईदैछ समसानघाट परिसरमा,
म समाप्त भए पश्चात् नै,

यी सब,
तथाकथित भाग्यमानीका अनुहार
म एकपटक अवलोकन गर्न चाहन्छु

खरानी बनि,
अन्तरिक्ष तिर स्पष्ट भागिरहेको
यो धुलो?
कस्को समाप्तिको दस्तावेज हो?
पख, मलाई एकाग्र भई,
यसो तत्त्व- चिन्तन गर्न देऊ !

मलाई पहिचान गर्नुछ
ती सबै मलामीहरूको,
ज- जसलाई मेरो अन्त्येष्टि संगै
सुखद क्षणको अनुभूति भयो होला !

मृतक भएको नाताले,
मलाई जीवित व्यक्तिहरूको प्रकृति बुझ्नुछ ।

 

-मृतक

अन्तर्नादहरूको
आश्चर्यजनक संगीत बजिरहेछ
मेरो मस्तिष्कमा!

केहीमा,
शाब्दिक अर्थ गौण छन्

केही ध्वनि रहित

कृपया,
आँखा गाडेर सुन्नुहोला
अन्यथा !
पृष्ठभूमिमा नसुनिन नि सक्छ !

यो लयबद्ध विलाप अदृश्य जो छ !

 


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #कविता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!