Techie IT
मंगलबार, मंसीर ९,२०७७

अस्मिता र केकीसँगै परिश्रमीको मायाको घरबार


काठमाडौं । वरिष्ठ गीतकार डीपी दाहाल परिश्रमीले मायाको घरबार नामको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । डिलाइटेड नेपालको प्रस्तुती रहेको गीतमा परिश्रमीले मायाप्रेमको कथा उजागर गरेका छन् ।
मर्मस्पर्शी शब्दका खानी रहेका परिश्रमीले यस गीतमा मायाप्रेममा रहेका युवायुवतीमा उब्जिने मनका कुरादेखि लिएर आप्mनो मायालाई पारिवारिक तहमा कसरी लैजाने भन्ने सम्मका शब्द समेटेका छन् ।
नेपाल आइडलकी नम्बर एक गायीका अस्मिता अधिकारी र पुरुषोत्तम सुवेदीले स्वर दिएको उक्त गीतमा नेपाली चलचित्र क्षेत्रका स्थापित नायक पुष्प खड्का र नायिका केकी अधिकारीले अभिनय गरेका छन् ।
लोकलयलाई समेटेर बनाइएको यस गीतमा गायक सुवेदीले नै संगीत दिएका छन् ।
ह्वाइट मिडियाको निर्माण संयोजन रहेको भिडियोको सम्पादन एवं निर्देशन शक्तिप्रज्वल घिमिरेले गरेका छन् । त्यस्तै यस म्युजिक भिडियो अर्जुन तिवारीले खिचेका छन् भने प्रवीन थापाले कोरियोग्राफी गरेका छन् ।
उक्त म्युजिक भिडियो डिलाईटेड नेपाल युटुब च्यानलमार्फत् बजारमा ल्याइएको पनि गीतकार परिश्रमीले जनाए ।

जम्ने भो अस्मिता र पुरुषोत्तमको मायाको घरबार

काठमाडौं । नेपाल आइडलकी नम्बर एक गायीका अस्मिता अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । डिलाइटेड नेपालको प्रस्तुतिमा रहेको मायाको घरबार नामको गीतमा अस्मितालाई पुरुषोत्तम सुवेदीले स्वरमा साथ दिएका छन् ।
बरिष्ठ गीतकार डीपी दाहाल परिश्रमीको शब्द रहेको यस गीतमा वर्तमान परिवेशका युवायुवतीको मनोभावनालाई उजागर गरेका छन् । गायक सुवेदीले नै संगीत गरेको उक्त लोकलयमा आधारित गीतमा परिश्रमीले मर्मस्पर्शी शब्दलाई समेटेका छन् ।
नेपाली चलचित्र क्षेत्रकी स्थापित नायिका केकी अधिकारी र नायक पुष्प खड्काको अभिनय गरेको यस म्युजिक भिडियोको सम्पादन एवं निर्देशन शक्तिप्रज्वल घिमिरेले गरेका छन् ।
ह्वाइट मिडियाको निर्माण संयोजनमा निर्माण भएको उक्त म्युजिक भिडियोको कोरियोग्राफी प्रवीन थापाले गरेका छन् भने अर्जुन तिवारीले भिडियो खिचेका छन् । डिलाइटेड नेपालको युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

मायाको घरवार रिलिज

डिलाईटेड नेपालको प्रस्तुती गीतकार डीपी दाहाल परीश्रमीको रचनामा नया गीत मायाको घरबारको म्युजिक भिडियो सार्बजनिक भएकोछ । डिलाईटेड नेपाल युटुब च्यानल मार्फत बजारमा ल्याईएको सो गीतमा पुरुषोतम सुबेदी र अस्मीता अधिकारीले श्वर दिएका छन् । संगीत पनि पुरुषोतम सुबेदीको रहेको छ । गीतमा मायाको घर बसाउन एक अर्काले पक्का गरौ मायाको घरबार भनीरहेका छन् । प्रीतिकै कथाबस्तु रहेको सो गीतमा लोकप्रिय नायिका केकी अधिकारी र लोकप्रिय नायक पुष्प खड्का लगायतको अभिनय रहेको छ । लोक बेसमा रहेको सो गीतको म्युजिक भिडियो उत्कृष्ठ बनेको छ । ध्जष्तभ ःभमष्ब को निर्माण संयोजन रहेको यस भिडियोलाई अर्जुन तिवारीले खिच्नु भएको छ । कोरीयोग्राफी प्रबिन थापाले र सम्पादन, तथा निर्देशन शक्ति प्रज्वल घिमिरेले गर्नु भएको छ ।
मनको ढोका खोलेर भन
पिरतीमा नगर दोमन
असलीलाई चहिदैन कसी
थाहहुन्न दिल भित्र नबसि
हित्त चित्त मिलाउने पियार
पक्कागरौ मायाको घरबार
तिम्रो कुरा भर गर्नु कसरी
घरमा फेरी भन्ने हो कसरी……
पछिल्लो पुस्ताकी रुचाइएकी गायिका अस्मीता अधिकारी र मनजीत्ने संगीत श्रृजना गर्न सफल र श्वरका धनी पुरुषोतम सुबेदीको बेजोड श्वर रहेको यस गीतमा, मनका भावनाहरुलाई गीतका शब्दमा उतार्न सफल गीतकार डीपी दाहाल परीश्रमीले उतिकै मिठा शब्दहरु पस्कनु भएकोछ ।


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #अस्मिता र केकी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545